१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

हार निश्चीत भएपनि चुनाव भाडने खेलमा बिद्यार्थी संगठन

१६ फाल्गुन २०७३, सोमबार १४:५३

शम्सेर विक्रम जि.सी/फागुन १६, प्यूठान । स्वतन्त्र बिद्यार्थि यूनियन(स्ववियू)को चुनावका बिषयमा कुरा नमिल्दा प्यूठानका दुई क्याम्पसमा तालावन्दि भएको छ । 

एमाले निकट अनेरास्ववियू र विप्लव नेतुत्वको अनेरास्ववियू क्रान्तीकारीले स्वर्गद्धारी वहुमुखि क्याम्पस पुण्यखोला र अमर क्याम्पस बाजिपुरमा ताला लगाएका हुन । अमर क्याम्पस बाजिपुरमा पछिल्लो चार दिनदेखि ताला लगाएको भएपनि हाल सम्म खोल्न सकिएको छैन । 

जिल्लामा स्ववियू निर्वाचनका लागि संयुक्त बिद्यार्थि संगठनले समानुपापिक निर्वाचन प्रणालिमा धादलि गर्न खोजेकाले तालावन्दि गर्नुपरेको अनेरास्ववियूका निवर्तमान अध्यक्ष आकाश भण्डारीले वताउनु भयो । जिल्लाका सबै क्याम्पसहरुमा आज तालावन्दि गर्ने आफुहरुको कार्यक्रम रहेको भन्दै भण्डारीले प्यूठान क्याम्पस खलंगा र झिमरुक क्याम्पस बागदुला तथा गौमुखि बहुमुखि क्याम्पस मच्छीमा पनि तालावन्दि गरिने वताउनु भयो । 

उत्ता नेपालि काग्रेस निकट नेपाल बिद्यार्थि संघ,राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियू छैठौँ र नेकपा माओवादी केन्द्रका अखिल क्रान्तीकारीको संयुक्त बिद्यार्थि प्यानलले भने अनेरास्ववियू बिद्यार्थि प्यानलले जिल्लाका सबै क्याम्पसमा हार्ने निश्चीत भएपछि क्याम्पसहरुमा तालावन्दि गरि चुनावहुन नदिने खेलमा लागेको आरोप लगाएको छ ।

प्यूठान क्याम्पसमा ताला लगाउन आएको अनेरास्ववियू र विप्लव नेतुत्वको अनेरास्ववियू क्रान्तीकारीकको टोलीलाई प्यूठान क्याम्पसमा आउन नदिई नेपालि काग्रेस निकट नेपाल बिद्यार्थि संघ,राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियू छैठौँ र नेकपा माओवादी केन्द्रका अखिल क्रान्तीकारीको संयुक्त बिद्यार्थि प्यानलका विद्यार्थीहरुले विच वाटोवाटै फर्काईदिएका छन् । 

यता नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तीकारीका केन्द्रिय सदस्य तथा स्वर्गद्धारी वहुमुखि क्याम्पस पुण्यखोलामा स्ववियू सभापतिका उमेद्धवार शुमनराज श्रेष्ठले एमाले र विप्लव नेतृत्वका बिद्यार्थि संगठनहरुको जिल्लाका सबै क्याम्पसहरुमा हार निश्चीत भएपनि चुनाव भाडने खेलमा उत्रिएको वताउनु भयो । 

स्ववियू निर्वाचनका लागि प्यूठानमा बिद्यार्थि संगठनहरुले २ प्यानल घोषणा गरे चुनावि मैदानमा उत्रिएका छन । संयुक्त बिद्यार्थि प्यानलले  प्रत्येक्ष तर्फ जस्तै समानुपातिक निर्वाचनमा पनि प्यानल मार्फत उमेद्धवारी दिएपछि विवाद सुरु भएको थियो । संयुक्त प्यानलले समानुपालिक निर्वाचनमा पनि प्यानल मार्फत चुनाव लडनु पर्ने माग गर्दै आएका छन ।तर अनेरास्ववियू प्यानलले भने समानुपातिक निर्वाचन प्रणालिमा संगठनहरु एक्ला÷एक्लै चुनाव लडनु पर्ने वताउदै आएको छ ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर