२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

हार निश्चीत भएपनि चुनाव भाडने खेलमा बिद्यार्थी संगठन

२०७३, १६ फाल्गुन सोमबार १४:५३

शम्सेर विक्रम जि.सी/फागुन १६, प्यूठान । स्वतन्त्र बिद्यार्थि यूनियन(स्ववियू)को चुनावका बिषयमा कुरा नमिल्दा प्यूठानका दुई क्याम्पसमा तालावन्दि भएको छ । 

एमाले निकट अनेरास्ववियू र विप्लव नेतुत्वको अनेरास्ववियू क्रान्तीकारीले स्वर्गद्धारी वहुमुखि क्याम्पस पुण्यखोला र अमर क्याम्पस बाजिपुरमा ताला लगाएका हुन । अमर क्याम्पस बाजिपुरमा पछिल्लो चार दिनदेखि ताला लगाएको भएपनि हाल सम्म खोल्न सकिएको छैन । 

जिल्लामा स्ववियू निर्वाचनका लागि संयुक्त बिद्यार्थि संगठनले समानुपापिक निर्वाचन प्रणालिमा धादलि गर्न खोजेकाले तालावन्दि गर्नुपरेको अनेरास्ववियूका निवर्तमान अध्यक्ष आकाश भण्डारीले वताउनु भयो । जिल्लाका सबै क्याम्पसहरुमा आज तालावन्दि गर्ने आफुहरुको कार्यक्रम रहेको भन्दै भण्डारीले प्यूठान क्याम्पस खलंगा र झिमरुक क्याम्पस बागदुला तथा गौमुखि बहुमुखि क्याम्पस मच्छीमा पनि तालावन्दि गरिने वताउनु भयो । 

उत्ता नेपालि काग्रेस निकट नेपाल बिद्यार्थि संघ,राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियू छैठौँ र नेकपा माओवादी केन्द्रका अखिल क्रान्तीकारीको संयुक्त बिद्यार्थि प्यानलले भने अनेरास्ववियू बिद्यार्थि प्यानलले जिल्लाका सबै क्याम्पसमा हार्ने निश्चीत भएपछि क्याम्पसहरुमा तालावन्दि गरि चुनावहुन नदिने खेलमा लागेको आरोप लगाएको छ ।

प्यूठान क्याम्पसमा ताला लगाउन आएको अनेरास्ववियू र विप्लव नेतुत्वको अनेरास्ववियू क्रान्तीकारीकको टोलीलाई प्यूठान क्याम्पसमा आउन नदिई नेपालि काग्रेस निकट नेपाल बिद्यार्थि संघ,राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियू छैठौँ र नेकपा माओवादी केन्द्रका अखिल क्रान्तीकारीको संयुक्त बिद्यार्थि प्यानलका विद्यार्थीहरुले विच वाटोवाटै फर्काईदिएका छन् । 

यता नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तीकारीका केन्द्रिय सदस्य तथा स्वर्गद्धारी वहुमुखि क्याम्पस पुण्यखोलामा स्ववियू सभापतिका उमेद्धवार शुमनराज श्रेष्ठले एमाले र विप्लव नेतृत्वका बिद्यार्थि संगठनहरुको जिल्लाका सबै क्याम्पसहरुमा हार निश्चीत भएपनि चुनाव भाडने खेलमा उत्रिएको वताउनु भयो । 

स्ववियू निर्वाचनका लागि प्यूठानमा बिद्यार्थि संगठनहरुले २ प्यानल घोषणा गरे चुनावि मैदानमा उत्रिएका छन । संयुक्त बिद्यार्थि प्यानलले  प्रत्येक्ष तर्फ जस्तै समानुपातिक निर्वाचनमा पनि प्यानल मार्फत उमेद्धवारी दिएपछि विवाद सुरु भएको थियो । संयुक्त प्यानलले समानुपालिक निर्वाचनमा पनि प्यानल मार्फत चुनाव लडनु पर्ने माग गर्दै आएका छन ।तर अनेरास्ववियू प्यानलले भने समानुपातिक निर्वाचन प्रणालिमा संगठनहरु एक्ला÷एक्लै चुनाव लडनु पर्ने वताउदै आएको छ ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी