फागुन २०, रोल्पा । जलजला बहुमुखि क्याम्पस रोल्पामा यहि २१ गते हुनेभनिएको स्वतन्त्र विद्यार्थि युनियनको चुनावमा आपत्ति जनाउदै अखिल क्रान्तिकारि प्रचण्ड पक्षले एक प्रेस विज्ञप्ति जारि गर्दै अनिश्चित कालिन तालाबन्दि गरेको जनाएको छ ।
अखिल क्रान्तिकारि जलजला बहुमुखि क्याम्पसका अध्यक्ष अशोक वलि परिवर्तनद्धारा हस्ताक्षरित उत्त विज्ञप्तिमा विद्यार्थि संगठनहरुको बिचमा मतभेदको बाताबरण रहेको र बातावरण साम्य नभएसम्म चुनाव हुन नसक्ने बताइएको छ ।
सहमतिमा गर्नुपर्ने चुनाव जर्वजस्ति गर्न खोजेको भन्दै यदि चुनावि प्रक्रिया अगाडि बढाइएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारि क्याम्पस प्रशासन र निर्वाचन मण्डलले लिनुपर्ने उल्लेख गरिएको छ ।
विवादकै कारण फाल्गुण १८ गते हुनुपर्ने स्ववियु चुनाव फाल्गुण २१ गते सारिएको थियो । अहिलेसम्म निर्वाचन मण्डलबाट सहमतिको लागि आग्रह नगरिएकाले २१ गते पनि चुनाव नहुने निश्चित जस्तै भएको छ ।