कविता उपाध्याय/फागुन २०, रोल्पा । नेपाली कांग्रेस रोल्पाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्राईलाई संझिएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/फागुन २०, रोल्पा । नेपाली कांग्रेस रोल्पाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्राईलाई संझिएको छ । "/>

२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाली कांग्रेसले निष्ठाको राजनीति गर्नुपर्नेमा जोड

२० फाल्गुन २०७३, शुक्रबार १३:१६


कविता उपाध्याय/फागुन २०, रोल्पा । नेपाली कांग्रेस रोल्पाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्राईलाई संझिएको छ । सन् १९८१ मा जन्मिएका नेता भट्राइको वि.सं.२०६७ सालमा निधन भएको थियो । 

नेता भट्राइको छैठौ स्मृती दिवसका अवसरमा रोल्पाको लिबाङमा आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले गुट उपगुटको राजनीति त्यागेर नेता भट्राइले देखाएको बाटोमा हिड्न र निष्ठाको राजनीति गर्न सकेमात्र थप उपलब्धि हासिल गर्न सकिने बताएका छन् । 

जिल्ला कार्य समितिका कार्यबाहक सभापति तथा नेपाली कांग्रेस रोल्पाका सचिव मोहन परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान उपसभापति इन्द्रबहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खत्रीले अग्रजहरुले देखाएको बाटोमा नेपाली कांग्रेस हिड्न नसकेको भन्दै दुःख प्रकट गर्नुभयो । यसैवीच उहाँले नेतृत्व सही बाटोमा हिडेमात्र कार्यकर्ताले सहीमोड लिन सक्ने बताउदै स्वार्थ र पद लोलुपताको राजनीतिले पार्टीलाई धरापमा पार्नेमा जोड दिनुभयो । 

कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष परियारले एकले अर्काको अस्तित्व नस्वीकारेमा राजनीतिको डुङा डुब्दै गर्दा नेपाली कांग्रेस डुब्ने र उत्रदै गर्दा नेपाली कांग्रेस उत्रने कुरालाई सबैले भुल्न नहुने बताउनु भयो । उहाँले निदाएकाहरुलाई ब्युझाउन सजिलो हुने भएपनि सुतेको बाहना  गर्नेहरुलाई ब्यूझाउन नसकिने बताउनु भएको छ । 

यसैवीच नेपाल विद्यार्थी संघका अध्यक्ष शेरबहादुर थापाले नेपाल विद्यार्थीसंघ पार्टीको नर्सरी भएको हुँदा यो नर्सरीलाई मलजल गरेर बचाउनु पर्नेमा जोड दिनुभयो । उहाँले हरेक पार्टीभित्र विमती हुन्छ तर विमतीभित्र सहमती खोज्नु नै बुद्धिमानी हुने बताउनु भएको छ । 

असली कांग्रेस पाटी भाड्न होइन मिलाउन तर्फ लाग्नुपर्नेमा उहाँको जोड छ  ।  कार्यक्रममा नेपाली कांग्रेसका भातृ तथा सुभेच्छुक संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो