२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्थानीय निर्वाचन घोषणासंगै गाउँमा राजनैतिक चहलपहल बढ्यो

२० फाल्गुन २०७३, शुक्रबार १३:२५

दलसिंह गिरी/फागुन २०, कालिकोट । नेपाल सरकारले स्थानीय निर्वाचनको मिति तय गरे संगै जिल्ला विभिन्न पाटी तथा उनीहरुका भातृ संग संगठनहरुले घरदैलो अभियान ब्यापक बढाउन थालेका छन् । 

यसै क्रममा राष्ट्रिय जनमोर्चा निकट अनेरा स्ववियु छैटौंले पनि आफ्नो संगठन विस्तारलाई तिब्रता दिन थालेको छ । जिल्ला सदरमुकाम मान्म देखि १७ कोष टाढा पर्ने नानिकोट गाविसको पंगेलीदेवी मावि नुवाघरमा ३१ सदस्यीय विद्यार्थी संगठन विस्तार गरेको छ । 

अनेरास्ववियु छैटौका जिल्ला प्रचार विभाग प्रमुख हुकुमराज शाहीको संयोजकत्व तथा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्ययक्ष कटक बहादुर शाहीको प्रमुख आथित्यतामा एक भेलाको आयोजना गरी संगिता बोहोराको अध्यक्षतामा ३१ सदस्यीय इकाई कमिटि गठन गरिएको हो । 

अक्टोबर क्रान्तिको सतबार्षिकी सफल पारौं नयाँ युगका हजारौं युवा कम्युनिष्टमा भर्ना गरौं भन्ने मुल नाराका साथ संचालन गरिएको अभियान अन्तर्गत आज नानिकोटमा विद्यार्थीको संगठन विस्तार गरिएको प्रचार विभाग प्रमुख हुकुमराज शाहीले टेलिफोन मार्फत जानकारी दिनु भएको छ । 

आज गठन भएको ३१ सदस्यीय इकाई कमिटिमा उपाध्यक्ष बिजय दर्जी, सचिव सिता बोहोरा, कोषाध्यक्ष अञ्जु बोहोरा र सहसचिव बसन्त बोहोरा रहेको र यसै भित्र १७ सदस्यीय सचिवालय सदस्य पनि रहेको शाहीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो