२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्थानीय निर्वाचन घोषणासंगै गाउँमा राजनैतिक चहलपहल बढ्यो

२०७३, २० फाल्गुन शुक्रबार १३:२५

दलसिंह गिरी/फागुन २०, कालिकोट । नेपाल सरकारले स्थानीय निर्वाचनको मिति तय गरे संगै जिल्ला विभिन्न पाटी तथा उनीहरुका भातृ संग संगठनहरुले घरदैलो अभियान ब्यापक बढाउन थालेका छन् । 

यसै क्रममा राष्ट्रिय जनमोर्चा निकट अनेरा स्ववियु छैटौंले पनि आफ्नो संगठन विस्तारलाई तिब्रता दिन थालेको छ । जिल्ला सदरमुकाम मान्म देखि १७ कोष टाढा पर्ने नानिकोट गाविसको पंगेलीदेवी मावि नुवाघरमा ३१ सदस्यीय विद्यार्थी संगठन विस्तार गरेको छ । 

अनेरास्ववियु छैटौका जिल्ला प्रचार विभाग प्रमुख हुकुमराज शाहीको संयोजकत्व तथा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्ययक्ष कटक बहादुर शाहीको प्रमुख आथित्यतामा एक भेलाको आयोजना गरी संगिता बोहोराको अध्यक्षतामा ३१ सदस्यीय इकाई कमिटि गठन गरिएको हो । 

अक्टोबर क्रान्तिको सतबार्षिकी सफल पारौं नयाँ युगका हजारौं युवा कम्युनिष्टमा भर्ना गरौं भन्ने मुल नाराका साथ संचालन गरिएको अभियान अन्तर्गत आज नानिकोटमा विद्यार्थीको संगठन विस्तार गरिएको प्रचार विभाग प्रमुख हुकुमराज शाहीले टेलिफोन मार्फत जानकारी दिनु भएको छ । 

आज गठन भएको ३१ सदस्यीय इकाई कमिटिमा उपाध्यक्ष बिजय दर्जी, सचिव सिता बोहोरा, कोषाध्यक्ष अञ्जु बोहोरा र सहसचिव बसन्त बोहोरा रहेको र यसै भित्र १७ सदस्यीय सचिवालय सदस्य पनि रहेको शाहीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने