फागुन २०, बनेपा । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान संशोधन प्रक्रिया अघि बढाउँदै चुनाव गराउने पक्षमा सरकार लागेको उल्लेख गर्दै निर्वाचन नै संविधान कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २०, बनेपा । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान संशोधन प्रक्रिया अघि बढाउँदै चुनाव गराउने पक्षमा सरकार लागेको उल्लेख गर्दै निर्वाचन नै संविधान कार"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान बनाउन नदिने शक्ति असफल बनाउन लग्यो: प्रचण्ड

२० फाल्गुन २०७३, शुक्रबार १५:१७

फागुन २०, बनेपा । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान संशोधन प्रक्रिया अघि बढाउँदै चुनाव गराउने पक्षमा सरकार लागेको उल्लेख गर्दै निर्वाचन नै संविधान कार्यान्वयनको माध्यम भएको बताउनुभएको छ । 

काभ्रेपलाञ्चोकको च्यासिङ्खर्क–६ मा नेकपा(माओवादी केन्द्र)ले आज आयोजना गरेको सहिद सप्ताह तथा सभामा उहाँले आगामी वर्ष माघ ७ गतेभित्र नै तीन तहको निर्वाचन हुनुपर्ने संवैधानिक प्रावधान रहेको र वैशाखमा स्थानीय निकायको निर्वाचन सक्नुपर्ने कार्यभार रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले संविधान निर्माण हुन नदिने शक्ति नै संविधान असफल बनाउन र गणतन्त्र, धर्मनिरपेक्षताविरुद्ध लागेको उल्लेख गर्दै भन्नुभयो, –“संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान संशोधन गर्न लागिएको हो ।” 

माओवादी केन्द्रका अध्यक्ष कामीडाँडा क्षेत्र राजनीतिक परिवर्तनका लागि ऐतिहासिक भएको उल्लेख गर्दै त्यस क्षेत्रका मागलाई सम्बोधन गरिने आश्वासन दिनुभयो । 

कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अमिक शेरचन तथा पोलिटब्युरो सदस्य खुमानसिंह लामा, सूर्यमान दोङलगायतले कामीडाँडाले जनतामा उत्साह थपेको बताउनुभयो । सो अवसरमा उक्त क्षेत्रका बासिन्दाले बाटोको स्तरोन्नति, कृषि पर्यटन क्षेत्र र कामीडाँडालाई चियाको मुख्य क्षेत्र घोषणा, त्यस आसपासका १० गाविसलाई सडक सञ्जालसँग जोडनुपर्नेलगायत माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता