फागुन २१, कपिलवस्तु । नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद कपिलवस्तु को आयोजनामा पार्टी प्रवेश तथा घोषणा सभा कार्यक्रम क्षेत्र नम्बर ५ को पत्थरदेहिया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २१, कपिलवस्तु । नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद कपिलवस्तु को आयोजनामा पार्टी प्रवेश तथा घोषणा सभा कार्यक्रम क्षेत्र नम्बर ५ को पत्थरदेहिया"/>

२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा पुर्व सशस्त्र प्रहरीसहित १४२ जना नयाँ शक्तिमा प्रवेश

२१ फाल्गुन २०७३, शनिबार १२:४८


फागुन २१, कपिलवस्तु । नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद कपिलवस्तु को आयोजनामा पार्टी प्रवेश तथा घोषणा सभा कार्यक्रम क्षेत्र नम्बर ५ को पत्थरदेहियामा सम्पन्न भएको छ ।

कार्यक्रममा शसस्त्र प्रहरी बाट राजीनामा दिएका रामनिवास पुरी को नेतृत्वमा नेपाली कांग्रेस,एमाले,माओबादी केन्द्र र मधेशबादी दलबाट १४२ जना नयाँशक्ति पार्टी नेपालमा प्रवेश गरेका छन ।

नव प्रवेशीलाई अविर लगाई स्वागत गर्दै नयाँशक्ति पार्टी नेपालका पाँचनम्बर प्रदेश संयोजक दान बहादुर चौधरीले नव प्रवेशीहरुलाई सम्मान गर्नुभएको थियो । सो अबसरमा बोल्दै नेता चौधरीले संविधान संसोधन नभए सम्म निर्वाचन हुन नसक्ने बताउनु भयो । देशमा निर्वाचनको बाताबरण नबनेको बताउँदै उँहाले सरकार र मुख्य तिन दल मधेशको मुद्धा समाधानको साटो मधेशी नेता खरिद विक्रीमा लागेको आरोप लगाउनु भयो ।

पार्टीका अन्तरिम केन्द्रिय परिषद सदस्य रामलौटन तिवारीले २००७ साल देखी हाल सम्म व्यवस्था परिवर्तनको लडाई लडेको र अब नेपाली जनताको अबस्था परिवर्तनको लागी लड्नुपर्ने समय आएको बताउनु भयो ।

नव प्रवेशी पुर्व शसस्त्र प्रहरीका हवल्दार रामनिवास पुरीले अबको बाटो नेपालको सम्बृद्धि विकास र निर्माण भएकाले नयाँशक्तिमा सामेल भएको प्रतिक्रिया दिनुभयो । पार्टी मा आफुले शुन्यबाट सुरुवात गर्ने र आर्जन गरेका ज्ञान,सिप,क्षमतालाई नयाँशक्ति मार्फत देशविकासमा योगदान गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा पार्टी का नेताहरु मोहम्मद तौफिक खान,सुवासचन्द्र जयसवाल,थानेश्वर खनाल,देब बहादुर भुषाल,राजु थापा लगायतले मन्तव्य राख्नुभएको थियो । पार्टीका अन्तरिम केन्द्रिय परिषद सदस्य तथा कपिलवस्तु जिल्ला संयोजक नारायण खनालको अध्यक्षता र खेमराज आचार्यको संचालन रहेको कार्यक्रममा हजारौँ स्थानियको सहभागीता रहेको थियो ।

घरघरमा नयाँशक्ति अभियान अन्तरगत प्रत्यक्ष निर्वाचीत कार्यकारी राष्ट्रपति प्रणाली स्थापनाका लागी कपिलवस्तुबाट २० हजार जनाको हस्ताक्षर संकलन गरेको र केन्द्रमा पठाउने तयारी रहेको कार्यक्रममा संयोजक खनालले बताउनुभएको नेपाल प्रेस सोसाइटी का सोनु कुमार सुनार ले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो