२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक उपलब्धि संस्थागत गर्न निर्वाचन: गच्छदार

२०७३, २१ फाल्गुन शनिबार १३:१३

फागुन २१, विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधानको सफल कार्यान्वयन र राजनीतिक उपलब्धिलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले संविधान कार्यान्वयनको पहिलो खुड्किलो स्थानीय निर्वाचन भएकाले निर्वाचनलाई सबैले उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

निर्वाचनले मात्रै राजनीतिक स्थायित्व कायम हुने भन्दै अध्यक्ष गच्छदारले न्यूनतम सहमति गरेर भए पनि असन्तुष्ट पक्षलाई निर्वाचनमा सहभागी गराउनुपर्ने विषयमा जोड दिनुभयो । उहाँले संविधान संशोधन र निर्वाचन प्रक्रियालाई सँगसँगै अघि बढाउन सकिने विचार प्रकट गर्नुभयो । 

नेकपा (एमाले)को मेची–महाकाली अभियान सुरु भएकाले यसलाई बिथोल्ने गतिविधि गर्न नहुने उल्लेख गर्दै उहाँले एक अर्काको निषेधको राजनीति गर्न खोजे मुलुकमा राजनीतिक मुठभेड सिर्जना हुनसक्ने भएकाले यस विषयमा दलहरुलाई सचेत हुनुपर्ने सुझाव प्रकट गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते