फागुन २१, झापा । नेकपा (एमाले)ले स्थायी कमिटीका सदस्य सुवास नेम्बाङले राष्ट्रिय स्वाधीनताका लागि आफ्नो पार्टी कसैसँग नझुक्ने बताउनुभएको छ । 

संविधान र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २१, झापा । नेकपा (एमाले)ले स्थायी कमिटीका सदस्य सुवास नेम्बाङले राष्ट्रिय स्वाधीनताका लागि आफ्नो पार्टी कसैसँग नझुक्ने बताउनुभएको छ । 

संविधान र"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय स्वाधीनताका लागि एमाले कसैसँग झुक्दैन: नेम्बाङ

२०७३, २१ फाल्गुन शनिबार १३:१६

फागुन २१, झापा । नेकपा (एमाले)ले स्थायी कमिटीका सदस्य सुवास नेम्बाङले राष्ट्रिय स्वाधीनताका लागि आफ्नो पार्टी कसैसँग नझुक्ने बताउनुभएको छ । 

संविधान र निर्वाचनका लागि आजबाट सुरु भएको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत दमकमा आयोजित जनसभामा नेता नेम्बाङले गत वर्ष भारतीय पक्षबाट नेपालका लगाइएको इन्धनको नाकाबन्दीलाई सरकार र जनताले पराजित गरेको उल्लेख गर्दै देशको स्वाभिमानलाई थप उँचो बनाउन पार्टीले अभियान थालनी गरेको जनाउनुभयो । 

पूर्व सभामुख नेम्बाङले आदिवासी, जनजाति र तराई मधेसदेखि हिमाल पहाडसम्मका जनताको सच्चा पार्टी नै एमाले भएकाले यसविरुद्ध फैलाइएका भ्रमहरु अभियानले चिर्र्ने विश्वास व्यक्त गर्नुभयो । 

संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको सो पार्टीको १५ दिने राष्ट्रिय अभियान आजै काँकडभित्ताबाट सुरु भएको हो । काँकडभिट्टाबाट बिर्तामोड हुँदै दमकमा सभा गरिएको हो । अभियानअन्तर्गत पार्टी प्रवेश, सम्मान, सांस्कृतिक कार्यक्रम र झाँकी प्रदर्शन भएको थियो । 

ती सबै कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, भीम रावल, नेम्बाङ, सत्यनारायण मण्डललगायतका नेता निरन्तर सहभागी हुनुहुन्छ । 

शीर्ष नेताहरु आज साँझ दमकस्थित स्थानीय कार्यकर्ताको घरमा सामूहिक आवास गर्नुहुनेछ । काँकडभिट्टाबाट मूल सडक हुँदै बिर्तामोड र दमकमा शीर्ष नेता र कार्यकर्ता सवार गाडीलाई ठाउँ ठाउँमा स्थानीयवासीबाट स्वागत गरिएको थियो । 

एमाले प्रचार विभागका सचिव विष्णु रिजालले अभियानमा कार्यकर्ता र जनस्तरको सहभागिता उत्साहजनक रहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित