२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

पत्रकार महासंघ दार्चुलामा सहमतीको उद्घोष, अध्यक्षमा पुन शंकर धामी चयन

२०७३, २२ फाल्गुन आईतवार १५:४२

फागुन २२, दार्चुला । राष्ट्रको चौथो अंगका रुपमा रहेको पत्रकारिता क्षेत्रको छाता संगठन नेपाल पत्रकार महासंघ दार्चुलाको चौथो अधिबेशनबाट समहतीका साथ पुनः शंकरसिह धामीलाई जिल्ला शाखाको अध्यक्षमा चयन गरेको छ । 

शाखाको उपाध्यक्षमा पुनः राजेन्द्रसिह धामी, महिला उपाध्यक्षमा शुसिला ठगुन्ना, सचिवमा कृष्णसिह धामी, सहसचिवमा मनोरथ बडु र धौली बडाल तथा  कोषाध्यक्षमा भोजराज जोशी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रामसिह धामी, गगनसिह विष्ट, इश्वरी बुढाथोकी र दिपक दमाई सहित ११ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ ।  जिल्ला कार्यसमितिमा नेपाल प्रेस चौतारीका ८ प्रेस युनियनका २ र प्रेस सेन्टरका १ जना सदस्य रहेका छन् ।

त्यसैगरी ६ सदस्यीय केन्द्रीय सभासद पनि अधिबेसनबाट चयन गरिएका छन् । केन्द्रीय पार्षदहरुमा हिरासिह धामी, पदमसिह बडाल, नरेन्द्रसिह कार्की, प्रेम चुनारा, कलावती विष्ट र इन्द्रसिह साउँद रहेका छन् । केन्द्रीय पार्षदमा जिल्ला अध्यक्ष सहित प्रेस चौतारीका ५, प्रेस युनीयनका १ र प्रेस सेन्टरका १ सदस्य रहेका छन् ।

अधिबेशनले ८ सदस्यीय क्षेत्रीय सभासद पनि चयन गरेको छ । 

क्षेत्रीय सभाषदहरुमा लोकेन्द्र बहादुर बम, मिनबहादुर धामी, विरेन्द्रसिह महरा, नन्दा धामी, मञ्जु कल्याल, कमलराज जोशी, केशवदत्त भट्ट, र खेमराज बडु रहेका छन् । क्षेत्रीय पार्सदमा चौतारीका ५ र युनियनका ३ जना सदस्य रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते