२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

पत्रकार महासंघ दार्चुलामा सहमतीको उद्घोष, अध्यक्षमा पुन शंकर धामी चयन

२२ फाल्गुन २०७३, आईतवार १५:४२

फागुन २२, दार्चुला । राष्ट्रको चौथो अंगका रुपमा रहेको पत्रकारिता क्षेत्रको छाता संगठन नेपाल पत्रकार महासंघ दार्चुलाको चौथो अधिबेशनबाट समहतीका साथ पुनः शंकरसिह धामीलाई जिल्ला शाखाको अध्यक्षमा चयन गरेको छ । 

शाखाको उपाध्यक्षमा पुनः राजेन्द्रसिह धामी, महिला उपाध्यक्षमा शुसिला ठगुन्ना, सचिवमा कृष्णसिह धामी, सहसचिवमा मनोरथ बडु र धौली बडाल तथा  कोषाध्यक्षमा भोजराज जोशी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रामसिह धामी, गगनसिह विष्ट, इश्वरी बुढाथोकी र दिपक दमाई सहित ११ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ ।  जिल्ला कार्यसमितिमा नेपाल प्रेस चौतारीका ८ प्रेस युनियनका २ र प्रेस सेन्टरका १ जना सदस्य रहेका छन् ।

त्यसैगरी ६ सदस्यीय केन्द्रीय सभासद पनि अधिबेसनबाट चयन गरिएका छन् । केन्द्रीय पार्षदहरुमा हिरासिह धामी, पदमसिह बडाल, नरेन्द्रसिह कार्की, प्रेम चुनारा, कलावती विष्ट र इन्द्रसिह साउँद रहेका छन् । केन्द्रीय पार्षदमा जिल्ला अध्यक्ष सहित प्रेस चौतारीका ५, प्रेस युनीयनका १ र प्रेस सेन्टरका १ सदस्य रहेका छन् ।

अधिबेशनले ८ सदस्यीय क्षेत्रीय सभासद पनि चयन गरेको छ । 

क्षेत्रीय सभाषदहरुमा लोकेन्द्र बहादुर बम, मिनबहादुर धामी, विरेन्द्रसिह महरा, नन्दा धामी, मञ्जु कल्याल, कमलराज जोशी, केशवदत्त भट्ट, र खेमराज बडु रहेका छन् । क्षेत्रीय पार्सदमा चौतारीका ५ र युनियनका ३ जना सदस्य रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान