कृष्ण कँडेल/फागुन २२, बागलुङ्ग । नेकपा एमाले बागलुङ्ग निर्वाचन क्षेत्र नम्बर–३ को क्षेत्रीय अध्यक्षमा अधिकारीचौरका उमेश बुढा मगर सर्बसम्मन निर्वाचित हुनुभएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/फागुन २२, बागलुङ्ग । नेकपा एमाले बागलुङ्ग निर्वाचन क्षेत्र नम्बर–३ को क्षेत्रीय अध्यक्षमा अधिकारीचौरका उमेश बुढा मगर सर्बसम्मन निर्वाचित हुनुभएक"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एमाले बागलुङ्ग क्षेत्र न. ३ मा उमेश बुढा अध्यक्षमा सर्बसम्मत

२०७३, २२ फाल्गुन आईतवार १६:०९


कृष्ण कँडेल/फागुन २२, बागलुङ्ग । नेकपा एमाले बागलुङ्ग निर्वाचन क्षेत्र नम्बर–३ को क्षेत्रीय अध्यक्षमा अधिकारीचौरका उमेश बुढा मगर सर्बसम्मन निर्वाचित हुनुभएको छ । 

अध्यक्षको लागि उम्मेद्वारी दर्ता गरेका पुर्ब जिल्ला सचिवालय सदस्य टंकप्रसाद पौडेल, कमल घिमिरे र गोकुल सेरचनको नाम फिर्ता गराई बुढालाई अध्यक्षमा सर्बसम्मत गरार्ईको हो । अधिबेशनले २७ सदस्यीय निर्बाचित, ४ अधिबेशनबाटै मनोनित र बाँकी ८ सदस्य क्षेत्रीय समितिले मनोनित गर्ने गरि ३९ सदस्यीय क्षेत्रीय समिति सर्बसम्मत चयन गरेको हो । 

उपाध्यक्षमा भिमगिठेका दिपक रायमाझि, सचिबमा ग्वालीचौरका बेदप्रसाद शर्मा र उपसचिबमा बोबाङ्गका ढालेन्द्र पुन सर्बसम्मत निर्वाचित हुनुभएको छ ।

सदस्यमा गोविन्दप्रसाद उपाध्याय, हर्कबहादुर सिरपाली, लगबहादुर छन्त्याल, ज्ञानप्रसाद भुषाल, नरबहादुर शाही, बेगबहादुर कुँवर, डोरबहादुर सुनार, तालबहादुर छन्त्याल, घनश्याम चालिसे, दानबहादुर पुन, मानसिंह पाईजा, लालबहादुर केसी, दिनेश शर्मा, झबिन्द्र थापा कुमाल, कबिराज सुनार, शुशिला थापा, रोजमहमद मियाँ, विष्णु सापकोटा, रुपाकुमारी पौडेल, उषा घिमिरे, अनिता घर्ती र भिमबहादुर सुनार रहनुभएका छ । 

खुमनसिंह थापा, रमनबहादुर विक, याम श्रीस र दबबहादुर बिक अधिबेशनबाटै मनोनित गरिएको एमालेले जनाएको छ ।  

शनिबार उद्घटन गरिएको एमालेको दोस्रो क्षेत्रीय अधिबेशनमा ११६ जना प्रतिनिधि सहभागी बन्दशत्रले सर्बसम्मत नयाँ नेतृत्व चयन गरेको हो । अधिबेशनमा निर्वाचन क्षेत्र नम्बर ३ को २० गाविसका प्रतिनिधि सहभागी थिए । 

   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते