राम नारायण पंडित/फागुन २३, सिरहा । नेकपा एमालेको ‘मेची–महाकाली’अभियानका कारण सिरहामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र एमालेबीच भिडन्तको सम्भावना दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
राम नारायण पंडित/फागुन २३, सिरहा । नेकपा एमालेको ‘मेची–महाकाली’अभियानका कारण सिरहामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र एमालेबीच भिडन्तको सम्भावना दे"/>
२०८२, २३ चैत्र सोमबार
काठमाडौँ - KTM

‘मेची-महाकाली’ अभियानबिरुद्ध कडा बन्दै मोर्चा

२०७३, २३ फाल्गुन सोमबार ०६:४२


राम नारायण पंडित/फागुन २३, सिरहा । नेकपा एमालेको ‘मेची–महाकाली’अभियानका कारण सिरहामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र एमालेबीच भिडन्तको सम्भावना देखिएको छ । 
झापाबाट शनिबारदेखि नेकपा एमालेले सुरु गरेको ‘मेची–महाकाली’ अभियान सिरहा पुग्ने दिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सिरहा बन्दको आह्वान गरेको छ । 
मोर्चाले फागुन २४ गते सिरहा बन्दको आह्वान गरेकै दिन एमालेको मेचीकाली अभियान सिरहा आउने भएको छ । मोर्चाले घोषणा गरेको बन्द र एमालेको अभियान सिरहामा एकैदिन परेकोले दुवैबिच झडप हुने संकेत देखिएको छ ।

आज मोर्चाको मशाल जुलुस 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फाल्गुन २४ गते सिरहा आउने भएपछि त्यसको पुर्व संध्यामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मशाल जुलुस निकाल्ने तयारी गरेको छ । 
एमालेको बिरोधमा मोर्चाले फागुन २३ गते अर्थात आज (सोमबार) दिउँसो सिरहाका बिभिन्न शहरहरुमा मोटरसाइकल र्याली र साँझमा मशाल जुलुस प्रदर्शन गर्ने तयारी गरेको मोर्चा नेता रामदयाल यादबले बताए । 

सिरहामा २४ गते आमहडताल

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले फाल्गुन २४ गते सिरहामा आमहडतालको आह्बान गरको छ । 
मधेश र मधेशी बिरोधी केपी शर्मा ओली ‘मेची–महाकाली’ अभियानका क्रममा फाल्गुन २४ गते सिरहा आउने तय गरेपछि मधेशी मोर्चाले बिरोध स्वरुप सिरहामा त्यहीँ दिन आमहडतालको घोषणा मोर्चाका नेता शत्रुधन प्रसाद सिंहले बताए ।

एमालेको कार्यक्रम स्थल अझै अन्यौलमा 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको यहि फाल्गुन २४ गते मेची महाकाली अभियानका क्रममा सिरहा आउने तय भएपनि कार्यक्रम कहाँ गर्ने भने अन्यौल कायमै रहेको छ । 
एमालेले जनता उमाबि पुरानो चौक चाहर्बामा कार्यक्रम गर्ने तयरी गरे पनि अन्यौल कायमै रहेको बताईएको छ । जनता उमाबिको प्रांगनमै एमाले र मोर्चाले आ–आफ्नो कार्यक्रम गर्ने तयारी गरेकोले मुठभेड्को हुन सक्ने भन्दै बिद्यालय प्रशासनले बिद्यालयको प्रांगनमा कार्यक्रम नगर्न आग्रह गरेका छन् । 
तर, एमालेले त्यहीँ बिद्यालयमा कार्यक्रम गर्ने दाबी गरेका छन् । एमालेका नेता कार्यकर्ताले उक्त बिद्यालयमा कार्यक्रम गर्ने तय गरेपछि मधेशी मोर्चाले पनि त्यही बिद्यालयलाई चिठी लेखि कार्यक्रम गर्न दिने भनेका छन् । 
यता, बिद्यालयलाई एमाले र मोर्चाबाट प्राप्त गरेको चिठीको जानकारी जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालय सिरहालाई गराईएको बिद्यालयले बताए । कार्यकम हुने दिन बिद्यालयमा कुनै क्षति भए त्यसको जिम्मेबारी जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई लिनु पर्ने बिद्यालयले बताए ।

सुरक्षामा हजार भन्दा बढी प्रहरी परिचालन 

नेकपा एमालेको ‘मेची–महाकाली’ अभियानलाई मध्यनजर गर्दै सिरहामा एक् हजार भन्दा बढी सुरक्षाकर्मी ब्यबस्था तैनाथ गरिएको छ । 
सिरहामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र एमालेबीच भिडन्तको सम्भावना देखिएकोले कुनै अप्रिय घटना हुन नदिन उचित सुरक्षा ब्यबस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक शेखर कोइरालाले बताए । 
सुरक्षाको लागि ५ सयको हराहारीमा नेपाल प्रहरी परिचालन गरिएको एसपी कोइरालाले दाबी गरे ।
सुरक्षालाई ध्यानमा राखदै बाहिरबाट पनि सुरक्षा कर्मी थप गरिएको उनले बताए । त्यस्तै, एमालेको कार्यक्रम र मोर्चाको बिरोधको कार्यक्रमलाई दृष्टिगत गर्दै ७ सयको हाराहारीमा सशस्त्र प्रहरी बल परिचालन गरिएको सिरहाका सशस्त्र प्रहरी उपरिक्षक चन्द्र प्रकाश भट्टले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते