२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

नेपाल पत्रकार महासङ्घ कैलालीको नयाँ नेतृत्व चयन

२०७३, २३ फाल्गुन सोमबार ०८:०६

फागुन २३, धनगढी । नेपाल पत्रकार महासङ्घ कैलालीको नवौ अधिवेशनले जिल्ला कार्यसमितिको अध्यक्षमा जगत साउदलाई निर्वाचित गरेको छ । 

आइतबार टीकापुरमा भएको अधिवेशनले नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य समेत रहेका साउदले १०२ मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

अध्यक्ष पदका अर्का प्रत्यासी हिक्मत रावलले ८० मत ल्याउनुभएको निर्वाचन अधिकृत हरि रेग्मीले जानकारी दिनुभयो । 

अठार सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा टङ्क कँुवर, दुर्गा देवकोटा, सचिवमा मीन ठकुरी, सहसचिवमा श्रवण देउवा, समावेशी सहसचिवमा राम चौधरी र कोषाध्यक्षमा हिमाल जोशी निर्वाचित हुनुभएको छ । 

केन्द्रीय पार्षदमा कर्ण शाह, भिष्मराज ओझा, भरत शाह, योगेश रावल, मातृका तिमिल्सेना, गणेश चौधरी, मोहन बुढाऐर, दुर्गा भण्डारी, एकिन्द्र तिमिल्सेना, रङ्ग तिमिल्सेना, हेमकर्ण विक, दीपक थापा, दीपक ओली, प्रेम चौधरी, महेन्द्र भण्डारी, महिला केन्द्रीय पार्षदमा सीता खनाल, तुल्सी देवकोटा, करुणा जोशी, पवन मुडभरी, सीता चौधरी निर्वाचित भएका छन् । 

प्रदेश पार्षदमा घनबहादुर शाह, मनमोहन स्वाँर, टेकबहादुर सार्की, लीलाराज खत्री, नवराज खनाल, युवराज न्यौपाने, कपिल भट्ट, भोजराज जोशी, दीपक ढुङ्गाना, भीम चौधरी, विष्णु दौल्याल, प्रकाश मिश्र, परमानन्द पाण्डे, मुकेश टेर्रा, ईश्वर सोडारी, डम्बर बम, एलबी बुढा, लोकेन्द्र रावल, बलबहादुर महरा, टीकाराम सुनार, मानबहादुर ठकुल्ला, घनश्याम पौडेल, पूर्ण थापा, नहकुल जिसी, कमल केसी र दीपेन्द्रराज भण्डारी निर्वाचित भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी