२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अक्टोबर क्रान्ति धातिवाङ्गमा

२३ फाल्गुन २०७३, सोमबार १७:२८

जितेन्द्र खत्रि/फागुन २३, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संचालन गरेको अक्टोबर क्रान्तिको शतबार्षिकी अभियान अन्र्तगत धातिवाङ्ग गा.वि.स.मा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय जनमोर्चाका नेता देवी भुसालको अध्यक्षता र धन बहादुर जि.एम.को संचालनमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा राप्ती लुम्बिनी क्षेत्रीय उपाध्यक्ष तथा टोली नम्बर एकका संयोजक शेर बहादुर बि.सी राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेलले प्रशिक्षण मन्तव्य राख्दै अक्टोबर क्रान्तिको महत्व र देशको समसामयिक राजनितिमा राष्ट्रिय जनमोर्चाको भुमिकाको बारेमा स्पष्ट पार्नु भएको थियो ।

भेलाले शान्ता जि.सी.को अध्यक्षतामा राष्ट्रिय जनमोर्चा धातिवाङ्ग संगठन समितिको गठन गरेको राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेलले जानकारी दिनुभएको छ ।यसैबिच अक्टोबर क्रान्तिको शतबार्षिकी अभियान अन्र्तगत अर्को टोलीले आजै वाँगी गा.वि.स. मा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ .।

राष्ट्रिय जनमोर्चा वाँगी गाविस अध्यक्ष वीर बहादुर कुँवरको अध्यक्षता, मुकुन्द आचार्यको स्वागत मन्तव्य र कोषाध्यक्ष कृष्ण प्रसाद पन्थीको सञ्चालनमा  सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता तथा टोलि नं २ का संयोजक सागर के.सी.,अखिल नेपाल किसान संघका केन्द्रीय महासचिव कृष्ण केसी, जिल्ला सदस्य भिमलाल आचार्य, अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर, अखिल नेपाल महिला संघ जिल्ला सदस्य तुलसा कुँवर र राष्ट्रिय जनमोर्चाका पुर्व जिल्ला सदस्य गिरि प्रसाद आचार्यले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

सयौंको संख्यामा राष्ट्रिय जनमोर्चा बाँगीका नेता तथा कार्यकर्ताहरु सहभागी भएको कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका प्रतिनिधि दिनेश केसी, युवक संघका जिल्ला सदस्य गोविन्द आचार्य, रक्तिम साँस्कृतिक अभियानका जिल्ला सहसचिव सतिश कुुवर, अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य रामलाल भुसाल, र जातीय समता समाजका प्रतिनिधि कर्ण बहादुर वि.क.को बिशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने