फागुन २५, काठमाडौं । मधेशी मोर्चाका शीर्ष नेता महेन्द्र राय यादवले मधेशको जुनसुकै भागमा एमालेले कार्यक्रम गर्दा अब अवरोध गर्ने कुनै नीति नरहेको स्पष्ट पारेका छन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २५, काठमाडौं । मधेशी मोर्चाका शीर्ष नेता महेन्द्र राय यादवले मधेशको जुनसुकै भागमा एमालेले कार्यक्रम गर्दा अब अवरोध गर्ने कुनै नीति नरहेको स्पष्ट पारेका छन् ।
२७ पुष २०८२, आईतवार
काठमाडौँ - KTM

अब एमालेलाई हामी मधेसमा स्वागत गर्छौं: यादव

२५ फाल्गुन २०७३, बुधबार १०:२९

फागुन २५, काठमाडौं । मधेशी मोर्चाका शीर्ष नेता महेन्द्र राय यादवले मधेशको जुनसुकै भागमा एमालेले कार्यक्रम गर्दा अब अवरोध गर्ने कुनै नीति नरहेको स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यादवले भने,‘अब एमालेले मधेशको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम तथा अभियान गर्न पाउँछ, मधेशी मोर्चाले हिजोपनि विरोध गरेको थिएन, र भोलिका दिनमा पनि विरोध गर्दैन् ।’

यादवले एमालेलाई आफूहरुले तराई–मधेशमा कहिल्यैपनि निषेध गर्ने भनेर नभनेको र अब पनि नगर्ने स्पष्ट पारे । उनले भने,‘एमालेले मेची–महाकाली अभियान सप्तरीबाटै सुरु गर्नुहोस, हामी विथोल्दैनौं, विरोध गर्ने हाम्रो कुनै नीति छैन, यदि तपाईहरुको कार्यक्रम हाम्रा कार्यकर्ताहरुले विथोलेका छन्, हामीलाई नाम दिनुहोस्, हामी उनीहरुलाइ कारवाही गर्न तयार छौं, सरकारलाई भनेर हामी कारवाही गरउाँछौं ।’

उनले मोर्चाले आह्वान गरेको दुई दिने बन्दको कार्यक्रममा पनि एमाले नेताहरुको घर, पार्टी कार्यालय तोडफोड नगरेको बताउँदै भने,‘हामीले त्यस्तो गरेका छैनौं, यदि कसैले त्यस्तो गरेको छ भने त्यो घुसपैठ हो, हामीले गरेकै छैनौं, हामीलाई बद्नामा गराउन खोजिएको छ ।’ उनले यही २७ गतेबाट एमालेले हेटौंडाबाट सुरु गर्ने अभियानमा मोर्चाले कुनैपनि किसिमको अवरोध तथा विरोधका कार्यक्रमहरु नगर्ने स्पष्ट पारे । उनले भने,‘उहाँहरुले अभियान चलाउन पाउनुहुन्छ, त्यो उहाँहरुको अधिकारको कुरा हो ।’

उनले सप्तरी घट्नामा मोर्चालाई दोष लगाउने काम कपोकल्पित मात्रै भएको आरोप लगाए । उनले भने,‘एमालेको अभियानबारे मधेशी जनतामा आक्रोश थियो, यो घट्नामा सरकार जिम्मेवार छ, निहत्था जनतामाथि गोली चलाउने आदेश कसले दियो ?, यो नश्लवादी गतिविधि हो ।’

उनले घट्नाको दोष आफूहरुलाई दिनु गलत भएको दाबी गरे ।‘यादवले थपे,‘घट्नामा संलग्न दोषीहरुलाई कारवाही होस्, एमालेले पनि गम्भिर विषय उठाएको छ, हत्या प्रयास भनेर, यसको छानविन होस्, उहाँहरुको कुराबाट हामी पनि चिन्तित छौं ।’

उनले एमालेले पनि आफ्नो व्यवहार र बोलीमा सच्याउनुपर्ने माँग गरे । उनले भने,‘संसदभित्रबाटै समस्याको हल गर्नुपर्छ, अफवाह र झुटो बोल्ने काम भएको छ, यो बन्द गर्नुपर्छ ।’ यादवले आफूहरुले सरकारलाईपनि ज्ञापनपत्र बुझाईसकेको बताउँदै भने,‘हामीले सरकारलाईपनि ज्ञापनपत्र बुझाएका छौं, ७ दिनको अल्टिमेटम दिएका छौं ।’ यादवले एमालेले मधेशी जनताहरुलाई उत्तेजित बनाउने काम गरेको गुनासो पोख्दै थपे,‘मधेशी जनतालाई दोस्रो दर्जाको नागरिक भन्ने काम गर्यो, यस्तो गर्नुहुँदैन्थ्यो ।’

यादवले सप्तरी घट्नाले कसैको पनि भलो नगर्ने स्पष्ट पारे। उनले मुलुकको समस्याको समाधानको लागि संविधान संशोधन पास गर्नुपर्ने र पहिले केन्द्रको चुनाव गर्नुपर्ने उनको तर्क थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला