२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्थानिय निर्वाचनमा बालबालीका प्रयोग नगर्ने दलहरुको प्रतिवद्धता

२०७३, २६ फाल्गुन बिहीबार १५:४८

दलसिंह गिरी/फागुन २६, कालिकोट । जिल्लाका राजनैतिकदलहरुले अब हुने स्थानीयतहको निर्वाचनमा बालबालिकाहरु प्रयोग नगर्ने प्रतिवद्धता गरेका छन् । 

जिल्लामा कुनैपनि शैक्षिक संस्था तथा उक्त शैक्षिक संस्थाहरुमा अध्ययनरत बालबालिकाहरु राजनैतिक गतिविधिमा प्रयोग नगर्ने विगतमा गरिएको लिखित प्रतिवद्धतालाई ध्यानमा राखी कालिकोटका राजनैतिकदलहरुले यस्तो प्रतिवद्धता गरेका हुन् ।

अब हुने स्थानीयतहको निर्वाचनलाई मध्यनजर गरी जिल्ला बाल कल्याण समितिको नेतृत्वमा जिल्लामा कृयाशिल राजनैतिक दलहरु संग बसेको बैठकमा सहभागी राजनैतिक दलहरुले विगतका निर्वाचन प्रचार प्रशारको नाममा बालबालिका उपयोग गरिएका घटना अबको निर्वाचनमा नदोहोरीने गरी आफ्ना कार्यकर्ताहरुलाई परिचालन गर्ने बताएका छन् । 

जिल्ला बालकल्याण समितिका अध्यक्ष लाल बहादुर मल्लको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीको प्रमुख अतिथ्यता, जिल्ला शिक्षा अधिकारी, महिला बिकास अधिकृत, स्थानिय बिकास अधिकारी, प्रहरी नायव उपरिक्षक लगायत जिल्लामा कृयाशिल राजनैतिकदल, नागरिक समाज लगाएतको सहभागितामा बसेको बैठकमा राजनैतिकदलहरुले शैक्षिक संस्थाहरुमा कुनैपनि राजनैतिक गतिबिधि नगर्ने, बालबालिकाहरुलाई चुनावी प्रचार प्रशारमा प्रयोग नगर्ने नगराउने प्रतिवद्धता गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कालिकोटमा वसेको सर्वदलिय, सर्बपक्षिय बैठकमा राजनैतिक दलहरुले गरेका प्रतिवद्धतालाई जिल्ला नागरिक समाज संजालले समय समयमा निगरानी गर्ने र कार्यन्वयन भए नभएको वारेमा समेत अनुगमन गर्ने नागरिक समाज संजालका दमनराज बमले बताउनु भएको छ ।  

महिला तथा बालबालिका कार्यालयका महिला बिकास अधिकृत सविता राणा, सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत बाले बिश्वकर्मा, किर्डाक नेपालका धनिराम न्यौपानेले सहजीकरण गरेका छन् । बैठकमा जिल्ला स्तरिय बालहित कोषको बृद्धिका लागि स्थानिय निकाय र जिल्ला बिकास समितिलाई सहयोग गर्न आग्रह गर्ने निर्णय समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते