फगुन २७, सप्तरी । नेकपा (एमाले)को मेची –महाकाली अभियानअन्तर्गत सोमवार सप्तरीमा प्रहरीको गोली लागेर गम्भीर घाइतेमध्येका थप एक जनाको आज मृत्यु भएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फगुन २७, सप्तरी । नेकपा (एमाले)को मेची –महाकाली अभियानअन्तर्गत सोमवार सप्तरीमा प्रहरीको गोली लागेर गम्भीर घाइतेमध्येका थप एक जनाको आज मृत्यु भएको छ । 

२०८२, ३० फाल्गुन शनिबार
काठमाडौँ - KTM

सप्तरी घटना: थप एकको मृत्यु, मृतकको सङ्ख्या पाँच पुग्यो

२०७३, २७ फाल्गुन शुक्रबार १०:१७

फगुन २७, सप्तरी । नेकपा (एमाले)को मेची –महाकाली अभियानअन्तर्गत सोमवार सप्तरीमा प्रहरीको गोली लागेर गम्भीर घाइतेमध्येका थप एक जनाको आज मृत्यु भएको छ । 

योसँगै सप्तरीमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार सप्तरीको जमुनी मधेपुरा गाविस– १ का ५० वर्षीय इनरदेव यादवको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आज मृत्यु भएको हो । उनको पेटमा गोली लागेको थियो । 

यसअघि प्रहरीको गोलीबाट मलेठ गाविस –२ का २५ वर्षीय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षीय पीताम्बर मण्डल, प्रसवनी–४ टेङरीका ३५ वर्षीय सिनियर अहेब आनन्दकुमार साह र मलेठ– ४ का वीरेन्द्र महतोको मृत्यु भएको थियो । 

एमालेको मेची–महाकाली अभियानलाई विरोध गर्न राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा सो घटना भएको थियो । सो झडपमा परी दुईदर्जन घाइते भएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु