दलसिंह गिरी/फागुन २७, कालिकोट । बर्तमान सरकारका दुई वटा फरक मन्त्रालयहरु समालेर कर्नालीको विकासमा केही गरेर देखाउछौं भन्ने कर्नालीका २ मन्त्री शाही र सिंहला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन २७, कालिकोट । बर्तमान सरकारका दुई वटा फरक मन्त्रालयहरु समालेर कर्नालीको विकासमा केही गरेर देखाउछौं भन्ने कर्नालीका २ मन्त्री शाही र सिंहला"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बाचा पुरा गर्न नपाउंदै कर्णालीका २ मन्त्रीको मन्त्रालय परिवर्तन

२०७३, २७ फाल्गुन शुक्रबार १३:३२


दलसिंह गिरी/फागुन २७, कालिकोट । बर्तमान सरकारका दुई वटा फरक मन्त्रालयहरु समालेर कर्नालीको विकासमा केही गरेर देखाउछौं भन्ने कर्नालीका २ मन्त्री शाही र सिंहलाई नेपाल सरकारको मन्त्रीपरिषदले दुबै जना मन्त्रीहरुको मन्त्रालय हेरफेर गरेको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नेतृत्वको बर्तमान सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा ल्याए संगै नेपाली कांग्रेस हुम्लाबाट प्रत्यक्ष सांसद जिबन बहादुर शाही र समाजवादी जनतापाटीका अध्यक्ष एवं समानुपातीक सांसद प्रेम बहादुर सिंहको मन्त्रालय फेरबदल गरिएको हो ।

हुम्ला स्थायी घरभएका शाहीलाई पर्यटन मन्त्रालयबाट खानेपानी तथा सरसफाई मन्त्रालयमा मन्त्रीको रुपमा पदभार गराईएको छ भने कालिकोट स्थायी घर भएका सिंहलाई खानेपानी तथा सरसफाई मन्त्रालयबाट विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्रीपदमा पदभार गराइएको छ ।

मन्त्री शाही पर्यटन मन्त्रालयमा रहदा कालिकोटको सुनथराली विमान स्थल आफ्नै कार्यकालमै विमान गुडाउने प्रतिवद्धता सहित मन्त्रालयको निर्देशनमा गएको माघ २८ गते टेष्ट फ्लाईट गराइएको थियो । तर विधिगत ढंगले आफ्नै कार्यकालमा विमानस्थल उद्घाटन गराउने शाहीको सपना पुरा नहुदै अर्को मन्त्रालय सम्हाल्न बाध्य भएका छन् । यता मन्त्री सिंह कालिकोट आउदा कर्नालीको विकासको एक प्रमुख श्रोतको रुपमा रहेको कृषिविकासको प्रबर्धनका लागि अतिआश्यक सिचाई ब्यवस्था गर्न लिफ्ट प्रविधि विकास गराउने र प्रत्यक जनताको घरधुरीमा घर एक धारा अभियान विस्तार गर्ने प्रतिवद्धता गरेको २ हप्ता नवित्दै विज्ञान तथा प्रविधि मन्त्रालयमा पदभार गराइएको छ ।

कर्नालीबाट प्रतिनिधत्व गरेका दुईवटा दुईवटा सांसदहरुले बर्तमान सरकारको २ दुईवटा मन्त्रालय सम्हाली आफ्नो बौद्धिकता प्रकट गर्न नपाउदै फरक मन्त्रालयमा पदभार गराएको भन्दै कर्नालीवासीहरुले विभिन्न संचारमाध्यम तथा सामाजिक संजाल मार्फत आपत्ती प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते