दलसिंह गिरी/फागुन २७, कालिकोट । बर्तमान सरकारका दुई वटा फरक मन्त्रालयहरु समालेर कर्नालीको विकासमा केही गरेर देखाउछौं भन्ने कर्नालीका २ मन्त्री शाही र सिंहला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन २७, कालिकोट । बर्तमान सरकारका दुई वटा फरक मन्त्रालयहरु समालेर कर्नालीको विकासमा केही गरेर देखाउछौं भन्ने कर्नालीका २ मन्त्री शाही र सिंहला"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बाचा पुरा गर्न नपाउंदै कर्णालीका २ मन्त्रीको मन्त्रालय परिवर्तन

२७ फाल्गुन २०७३, शुक्रबार १३:३२


दलसिंह गिरी/फागुन २७, कालिकोट । बर्तमान सरकारका दुई वटा फरक मन्त्रालयहरु समालेर कर्नालीको विकासमा केही गरेर देखाउछौं भन्ने कर्नालीका २ मन्त्री शाही र सिंहलाई नेपाल सरकारको मन्त्रीपरिषदले दुबै जना मन्त्रीहरुको मन्त्रालय हेरफेर गरेको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नेतृत्वको बर्तमान सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा ल्याए संगै नेपाली कांग्रेस हुम्लाबाट प्रत्यक्ष सांसद जिबन बहादुर शाही र समाजवादी जनतापाटीका अध्यक्ष एवं समानुपातीक सांसद प्रेम बहादुर सिंहको मन्त्रालय फेरबदल गरिएको हो ।

हुम्ला स्थायी घरभएका शाहीलाई पर्यटन मन्त्रालयबाट खानेपानी तथा सरसफाई मन्त्रालयमा मन्त्रीको रुपमा पदभार गराईएको छ भने कालिकोट स्थायी घर भएका सिंहलाई खानेपानी तथा सरसफाई मन्त्रालयबाट विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्रीपदमा पदभार गराइएको छ ।

मन्त्री शाही पर्यटन मन्त्रालयमा रहदा कालिकोटको सुनथराली विमान स्थल आफ्नै कार्यकालमै विमान गुडाउने प्रतिवद्धता सहित मन्त्रालयको निर्देशनमा गएको माघ २८ गते टेष्ट फ्लाईट गराइएको थियो । तर विधिगत ढंगले आफ्नै कार्यकालमा विमानस्थल उद्घाटन गराउने शाहीको सपना पुरा नहुदै अर्को मन्त्रालय सम्हाल्न बाध्य भएका छन् । यता मन्त्री सिंह कालिकोट आउदा कर्नालीको विकासको एक प्रमुख श्रोतको रुपमा रहेको कृषिविकासको प्रबर्धनका लागि अतिआश्यक सिचाई ब्यवस्था गर्न लिफ्ट प्रविधि विकास गराउने र प्रत्यक जनताको घरधुरीमा घर एक धारा अभियान विस्तार गर्ने प्रतिवद्धता गरेको २ हप्ता नवित्दै विज्ञान तथा प्रविधि मन्त्रालयमा पदभार गराइएको छ ।

कर्नालीबाट प्रतिनिधत्व गरेका दुईवटा दुईवटा सांसदहरुले बर्तमान सरकारको २ दुईवटा मन्त्रालय सम्हाली आफ्नो बौद्धिकता प्रकट गर्न नपाउदै फरक मन्त्रालयमा पदभार गराएको भन्दै कर्नालीवासीहरुले विभिन्न संचारमाध्यम तथा सामाजिक संजाल मार्फत आपत्ती प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला