फागुन २८, सप्तरी । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका मधेसी मोर्चाका पाँच जना कार्याकर्ताको आज शवयात्रा गरिएको छ । 

मृतक पाँचै जनाको पार्थीव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २८, सप्तरी । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका मधेसी मोर्चाका पाँच जना कार्याकर्ताको आज शवयात्रा गरिएको छ । 

मृतक पाँचै जनाको पार्थीव"/>

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मृतक पाँचै जनाको शवयात्रा

२०७३, २८ फाल्गुन शनिबार ११:३०


फागुन २८, सप्तरी । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका मधेसी मोर्चाका पाँच जना कार्याकर्ताको आज शवयात्रा गरिएको छ । 

मृतक पाँचै जनाको पार्थीव शरीरमा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झा, सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र स्थानीय नेता तथा कार्यकर्ताले राजविराजको गजेन्द्रचौकमा भावपूर्ण श्रदाञ्जलि दिनुभएको छ । 

नेकपा(एमाले) को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिकक्षेत्रमा गत सोमबार प्रहरी र मोर्चा कार्यकर्ताबीच भएको झडपमा प्रहरीले प्रहार गरिएको गोलीबाट सप्तरी मलेठ–२ का रञ्जन मेहता, मलेठ–४ का वीरेन्द्र महतो र पिताम्बर मण्डल, प्रसवनी गाविस टेङ्रीका आनन्द साह तथा जमुनी–१ का इनरदेव यादवको मृत्यु भएको थियो । 

राजविराजको गजेन्द्र चौकबाट निकालिएको शवयात्रा हनुमाननगर सडक खण्डअन्तर्गत देउरी भरुवा, तोपा, मनसापुर, हनुमानगर, भारदह, बरमझिाया, कञ्चनपुर, रुपनी कल्याणपुर र कदमहा हुँदै सिरहाको लहानसम्म शवयात्रा निकालिएको मधेस राष्ट्रिय समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो । 

लहानमा श्रद्धाञ्जलि कार्यक्रमपछि शवयात्रा पुनः कदमहा, कल्याणपुर, शम्भुनाथ र रुपनी हुँदै राजविराजसम्म शवयात्रा निकालिएको थियो । त्यसपछि शव मृतकका परिवारलाई जिम्मा लगाई दहासंस्कार गरिने मोर्चाले जनाएको छ । 

मृतक पाँच जनामध्ये एक जनाको घटनास्थलमै र चार जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु