सन्तोषकुमार गुप्ता, दाङ २९ फागुन । नयाँ पुनर्संरचना अनुसार दाङमा स्थानीय तहको नामाकरण सँगै जिम्मेवारी तोकिएको छ । जिल्ला विकास समितिलाई रुपान्तरण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, दाङ २९ फागुन । नयाँ पुनर्संरचना अनुसार दाङमा स्थानीय तहको नामाकरण सँगै जिम्मेवारी तोकिएको छ । जिल्ला विकास समितिलाई रुपान्तरण"/>
२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

स्थानीय तहको नामाकरण सँगै जिम्मेवारी तोकियो

२९ फाल्गुन २०७३, आईतवार ११:४९

सन्तोषकुमार गुप्ता, दाङ २९ फागुन । नयाँ पुनर्संरचना अनुसार दाङमा स्थानीय तहको नामाकरण सँगै जिम्मेवारी तोकिएको छ । जिल्ला विकास समितिलाई रुपान्तरण गर्दै जिल्ला समन्वय समितिको नामाकरण गरिएको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जिल्ला समन्वय समिति लेखिएको बोर्डको अनावरण गरेका हुन् ।

राजनितिक दलहरु सहित बिभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितीमा जिल्ला समन्वय समितिको बोर्ड राखिएको हो । यसैगरी घोराही नगरपालिकाको नाम हटाई घोराही उपमहानगरपालिका नामाकरण गरिएको छ । उता तुलसीपुरमा पनि तुलसीपुर उपमहानगरपालिका नामाकरण गरिएको छ । तत्कालका लागि जिल्ला समन्वय समितिको प्रमुखमा स्थानीय विकास अधिकारी कुलबहादुर जिसीलाई नै तोकिएको छ । यसैगरी उपमहानगरपालिका र लमही नगरपालिकामा अहिले रहेका कार्यकारी अधिकारीहरुलाई नै कार्यालय प्रमुखको जिम्मेवारी दिईएको छ ।

त्यसैगरी सातवटा गाउँपालिकाहरुमा बरिष्ठताको आधारमा नायव सुब्बाहरुलाई निमित्त कार्यकारी अधिकृतको जिम्मा दिएको स्थानिय विकास अधिकारी कुलबहादुर जिसीले जानकारी दिएका छन् । जस अनुसार राजपुर गाउँपालिकामा मेघसिंह पछाई, गढवामा बुद्धिमान चौधरी, राप्तीमा मंगलप्रसाद चौधरी, बंगलाचुलीमा केशबराज थापा, दंगीशरणमा नरेन्द्रराज शर्मा, शान्तिनगरमा विष्णुबहादुर थापा र बबई गाउँपालिकामा चन्द्रकुमार डाँगीलाई निमित्त कार्यकारीको जिम्मा दिएर कार्यक्षेत्रमा पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला