२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

संबिधान संशोधन प्रस्तावको औचित्य पुष्टि गर महासचिव पोख्रेल

३० फाल्गुन २०७३, सोमबार ११:५४

दिपक अनुरागी/फाल्गुण ३०, कपिलवस्तु । नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले संबिधान संशोधनको औचित्य पृष्टि गर्न प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवालाई चुनौती दिनुभएको छ । संबिधान संशोधन विधेयकलाई एमालेले अवरोध सिर्जना गरेको भ्रम जनतामा माओबादी केन्द्र र काङ्ग्रेसले छर्दै हिडेको भन्दै महासचिव पोख्रेलले संबिधान संशोधनको औचित्य पुष्टि गर्न चुनौती दिनुभयो ।

मेची महाकाली अभियान अन्तर्गत आज कपिलवस्तुको बुङ्चीमा भएको बृहत आमसभालाई सम्बोधन गर्दै उहाले भारतीय इसारामा देशको अस्मिता लुट्ने प्रयास भैरहेको तर्क गर्नुभयो । हिन्दि भाषालाई राष्ट्रिय भाषाको मान्यता दिने, अंगिकृत नागरिकलाई देशको कार्यकारी पद बनाउने, पहाड र तराईलाई टुक्राउने र भूगोललाई वेवास्था गरि जनसंख्याको आधारमा प्रतिनिधित्व गराउने बिषयमा संबिधान कुनै पनि हालतमा संशोधन हुन नसक्ने उहाले बताउनुभयो ।

सरकारका प्रधानमन्त्री प्रचण्ड हुतिहारा भएको संज्ञा दिदै महासचिव पोख्रेलले भारत अनुकुल गतिविधि गरिरहेको बताउनुभयो । ‘भारतको चाहनामा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्, उसैको आज्ञा अनुसार चल्नै पर्यो, नचले पद जान्छ,“ उहाले टिप्पणी गर्नुभयो । ”

आमसभामा बोल्दै एमाले सचिव गोकर्ण विष्टले सामाजिक सद्भाव भड्काउने तत्वहरु देशमा क्रियाशिल भैरहेको जिकिर गर्नुभयो । अहिले देशको सम्मान र स्वतन्त्रतामा प्रहार भैरहेको बताउदै सचिव विष्टले नेपाल माथि भैरहेको षडयन्त्रका विरुद्ध एमाले लागिरहेको बताउनुभयो । जारी संबधिान कार्यान्वयन गर्न दबाब दिदै देशका गरिव, निमुखा जनताको अधिकार र सामाजिक सद्भावको लागि मेची महाकाली अभियान चलाइएको उहाले बताउनुभयो ।

यस्तै एमाले नेता लालबाबु यादवले मधेसको मतियार ठान्ने मधेसी मोर्चाले आज सम्म मधेसी जनताको पक्षमा के के काम गरे बताउन चुनौती दिनुभयो । जनतालाई भ्रममा पार्दै एमाले मधेस विरोधी पार्टि हो भनेको प्रति कडा आपत्ति जनाउदै नेता यादवले मधेसी जनताको पक्षमा कुन पार्टिले के के काम गर्यो बसेर टेबुल टक गर्न मधेसी मोर्चालाई चुनौती दिनुभयो । मधेसी मोर्चा पहाड र तराईमा दुई राष्ट्रियता छ भन्दै हिडेको र यसमा देश टुक्राउने खेल भैरहेको उहाले जिकिर गर्नुभयो । कुनै पनि हालतमा तराई र पहडा नटुक्रिने उहाले बताउनुभयो ।

एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल, पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, वरिष्ठ उपाध्यक्ष बामदेव गौतम, एमाले उपमहासचिव घनश्याम भुषाल, विष्णु पौडेल, सचिव योगेश भट्टराई, प्रदिप ज्ञवाली, युवराज ज्ञवाली, पोलिटब्यूरो सदस्य लालबाबु पण्डित लगायत सयौँ नेताको आतिथ्यता रहेको बृहत आमसभामा कपिलवस्तु, अर्घाखाची र रुपन्देहिका गरी हजारौँ सर्वसाधारणको उपस्थिती रहेको थियो ।

एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा भएको बृहत आमसभामा झण्डै एक हजार जना विभिन्न पार्टि परित्याग गरि एमालेका प्रवेश गरेका छन् । साथै आमसभामा जनगायक बद्री पङ्गेनी, लगायत राष्ट्रिय जनसांस्कृतिक महासंघका कलाकारले देशभक्ती र प्रगतिशिल गीत प्रस्तुत गरेका थिए । आमसभाको सञ्चालन एमाले जिल्ला उपसचिव तथा सासंद विश्राम प्रसाद चौधरीले गर्नुभएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो