२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सभामुखबाट विद्यालय भवन हस्तान्तरण

१ चैत्र २०७३, मंगलवार ०९:२८

चैत १, ललितपुर । सभामुख ओनसरी घर्तीले खोकनास्थित रुद्रायणी माविको नवनिर्मित भूकम्प प्रतिरोधात्मक भवनको आज उद्घाटन गर्नुभयो । 

फ्रान्सको इपिएस क्लबको सहयोग र स्थानीय सहरी वातावरण व्यवस्थापन समाजको व्यवस्थापनमा रु दुई करोड ६० लाखको लागतमा निर्मित सो भवन आज विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । 

नयाँ भवनमा विज्ञान प्रयोगशाला समेत छ । सभामुख घर्तीले अभिभावकको चाहना र समयको माग अनुसार वैज्ञानिक र व्यवहारिक शिक्षा दिन सामुदायिक विद्यालय अग्रसर हुनुपर्ने बताउनुभयो । 

एक सय १७ वर्ष पुरानो सो विद्यालयमा हाल २५० विद्यार्थी छन् । गत वर्षको प्रवेशिका परीक्षामा सो विद्यालयबाट शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । आगामी दिनमा शिक्षाको गुणस्तर खस्कन नदिने दृढता प्रधानाध्यापक बाबुराम थापाले व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला