२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

राप्रपा कपिलवस्तुको कार्यसमिति चयन

१ चैत्र २०७३, मंगलवार १५:१०

चैत्र १, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टि कपिलवस्तुले कार्यसमितिलाई पुर्णता दिएको छ । 

मंगलबार बसेको पुर्ण जिल्ला समितिको बैठकले अध्यक्ष बाहेकका अन्य पदाधिकारीको टुङ्गो लगाएको हो । राप्रपाको बिधान अनुसार जिल्ला समिति अध्यक्ष, अरु सबै सदस्य अधिवेशनबाट निर्वाचित हुने र पदाधिकारी बैठकले मनोनित गर्ने प्रावधान छ ।

राप्रपाको जिल्ला अध्यक्षमा झिनकन कुर्मी निर्वाचित भैसक्नुभएको थियो भने उपाध्यक्षमा अनिरुद्ध प्रसाद उपाध्याय, सचिवमा चेतनारायण खनाल, कोषाध्यक्षमा राधिका कुर्मीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै बैठकले जिल्ला सदस्यमा जयन्ति प्रसाद यादव, प्रल्लाद प्रसाद वरई, खिमानन्द घिमिरे, मेघ बहादुर खड्का, राम लखन थारुलाई मनोनित गरेको छ । यसरी जिल्ला सदस्यको संख्या ३५ पुगेको राप्रपा कपिलवस्तुले जनाएको छ ।

यस्तै बैठकले अन्य पदाधिकारी र सदस्यहरुलाई पछि मनोनित गर्ने गरी राप्रपा अभियान सञ्चालन गरी चुनावी प्रचारमा जुट्ने निर्णय गरेको छ । यस्तै चैत्र ५ गते जिल्लाका सबै नगरपालिका र गाउ पालिकामा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

जसमा वाणगंगा नगरपालिकामा इश्वरी गिरि, दुर्गा सिंह थापा, बुद्धभूमि नगरपालिकामा लिलाखर अधिकारी, भेषराज पौडेल, शिवराज नगरपालिकामा अजय थापा, राम बहादुर रायमाझी, कृष्णनगर नगरपालिकामा प्रकाश रजौरिया, सुरेन्द्र प्रसाद मौर्या, महाराजगञ्ज नगरपालिकामा मुस्लिम गद्धि, चिन्कि कहाइन, कपिलवस्तु नगरपालिकामा कुन्ज बिहारी उपाध्याय, सारजाहा अन्सारीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

यस्तै विजयनगर गाउ पालिकामा इजहार खाँ, प्रताव सिंह चौधरी, यशोधरा गाउपालिकामा अम्बरिश कुमार मिश्र, राममणि पाण्डेय, मायादेवी गाउपालिकामा जयन्ती प्रसाद यादव, रमाकान्त चौधरी, मनोज शुक्ला र शुद्धोधन गाउपालिकामा राधिका कुर्मि, शिवपुजन पाण्डे, अब्बुमुन्नि हरेरा डफालीलाई जिम्मेवारी दिइएको राप्रपा कपिलवस्तुले जनाएको छ । दीपा महतको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला