२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

राप्रपा कपिलवस्तुको कार्यसमिति चयन

२०७३, १ चैत्र मंगलवार १५:१०

चैत्र १, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टि कपिलवस्तुले कार्यसमितिलाई पुर्णता दिएको छ । 

मंगलबार बसेको पुर्ण जिल्ला समितिको बैठकले अध्यक्ष बाहेकका अन्य पदाधिकारीको टुङ्गो लगाएको हो । राप्रपाको बिधान अनुसार जिल्ला समिति अध्यक्ष, अरु सबै सदस्य अधिवेशनबाट निर्वाचित हुने र पदाधिकारी बैठकले मनोनित गर्ने प्रावधान छ ।

राप्रपाको जिल्ला अध्यक्षमा झिनकन कुर्मी निर्वाचित भैसक्नुभएको थियो भने उपाध्यक्षमा अनिरुद्ध प्रसाद उपाध्याय, सचिवमा चेतनारायण खनाल, कोषाध्यक्षमा राधिका कुर्मीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै बैठकले जिल्ला सदस्यमा जयन्ति प्रसाद यादव, प्रल्लाद प्रसाद वरई, खिमानन्द घिमिरे, मेघ बहादुर खड्का, राम लखन थारुलाई मनोनित गरेको छ । यसरी जिल्ला सदस्यको संख्या ३५ पुगेको राप्रपा कपिलवस्तुले जनाएको छ ।

यस्तै बैठकले अन्य पदाधिकारी र सदस्यहरुलाई पछि मनोनित गर्ने गरी राप्रपा अभियान सञ्चालन गरी चुनावी प्रचारमा जुट्ने निर्णय गरेको छ । यस्तै चैत्र ५ गते जिल्लाका सबै नगरपालिका र गाउ पालिकामा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

जसमा वाणगंगा नगरपालिकामा इश्वरी गिरि, दुर्गा सिंह थापा, बुद्धभूमि नगरपालिकामा लिलाखर अधिकारी, भेषराज पौडेल, शिवराज नगरपालिकामा अजय थापा, राम बहादुर रायमाझी, कृष्णनगर नगरपालिकामा प्रकाश रजौरिया, सुरेन्द्र प्रसाद मौर्या, महाराजगञ्ज नगरपालिकामा मुस्लिम गद्धि, चिन्कि कहाइन, कपिलवस्तु नगरपालिकामा कुन्ज बिहारी उपाध्याय, सारजाहा अन्सारीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

यस्तै विजयनगर गाउ पालिकामा इजहार खाँ, प्रताव सिंह चौधरी, यशोधरा गाउपालिकामा अम्बरिश कुमार मिश्र, राममणि पाण्डेय, मायादेवी गाउपालिकामा जयन्ती प्रसाद यादव, रमाकान्त चौधरी, मनोज शुक्ला र शुद्धोधन गाउपालिकामा राधिका कुर्मि, शिवपुजन पाण्डे, अब्बुमुन्नि हरेरा डफालीलाई जिम्मेवारी दिइएको राप्रपा कपिलवस्तुले जनाएको छ । दीपा महतको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट