दान बहादुर बुढा/चैत २, मुगु । विक्रम संवत २०७० सालमा भएको संविधान सभाको निर्वाचन पछि हालसम्म जिल्लाभर २९ हजार नयाँ मतदाता चार वटा नयाँ राजनितिक दल थपिएका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/चैत २, मुगु । विक्रम संवत २०७० सालमा भएको संविधान सभाको निर्वाचन पछि हालसम्म जिल्लाभर २९ हजार नयाँ मतदाता चार वटा नयाँ राजनितिक दल थपिएका छन"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा २९ हजार मतदाता, चार नयाँ दल थपिए

२ चैत्र २०७३, बुधबार १४:२४


दान बहादुर बुढा/चैत २, मुगु । विक्रम संवत २०७० सालमा भएको संविधान सभाको निर्वाचन पछि हालसम्म जिल्लाभर २९ हजार नयाँ मतदाता चार वटा नयाँ राजनितिक दल थपिएका छन ।

 जिल्लाका २४ वटै गाविसमा २०७० सालमा कुल २३ हजार ८ सय २१ मतदाता संख्या रहेकोमा तिन वर्षमा यो संख्या बढेर २९ हजार ८सय ३३ मध्य १४हजार ३२ जना महिला र १५ हजार ८ सय पुरुष मतदाता पुगेको जिल्लाबाट १७ दलको सिफारीस गरी पठाएको भए पनि केन्द्रबाट १६ दलको मात्र सिफरीस भई केन्द्रबाट आएको छ । 

जसमा समाजबादी जनता पार्टी केन्द्रमा नै दल दर्ता नभएको हुनाले अहिले  जिल्लामा स्थानिय निकायको निर्वाचनमा १६ दलले भाल लिन पाउने जिल्ला निर्वाचन कार्यालय मुगुका जिल्ला निवाचन अधिकारी राज बहादुर अधिकारीले जनाएको छ । 

निर्वाचनको मिति २०७४ जेष्ठ ३१ गते तोकिदा कार्यालयले फोटो सहितको मतदाता नामावली दर्ता र अद्याबधिक गर्ने कार्य रोकेको जनाएको छ । २०७० सालको संबिधान सभाको चुनावमा कुल ५५ मतदान केन्द्र रहेका छन भने नयाँ संरचना अनुसार मतदान केन्द्र कायम गर्नको लागी सर्वदलिय बैठकबाट निणर्य गर्न बाकी रहेका निर्बाचन कार्यालयले जनाएको छ ।


२०७० सालमा दर्ता भएका १७ वटा राजनितिक दलहरु मध्य अहिले ३ वटा दल अखण्ड पार्टी नेपाल, नेपाल सहकारी पार्टी दर्ता हुन नआएकाले दर्ता सुचिबाट हटेका छन । चार वटा नयाँ राजनितिक दल थपिएका नयाँ शक्ति पार्टी, नेपाल पूर्वशक्रिसेवक लोक्तान्तिक पार्टी,  नेकपा माले जनसमाज पार्टी, देश भक्त समाज पार्टी रहेका  छन ।

 जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७० मा दर्ता भई संबिधान सभाको चुनाबमा भाग लिएका छन । त्यस्तै नेकपा माले पार्टी, समाजबादी जनता पार्टी, सहकारी पार्टी, राष्टिय यर्थाथबादी पार्टी  जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन आएको कार्यालयले जानकारी दिएको छ ।

सरकारले स्थानिय तहको निर्वाचन २०७४ जेष्ठ ३१ गते तोकेको हुदा मुगालिहरु धेरै खुसी भएका छन । बिगतमा गाँउमा बिकास निमार्णका  योजनाकोहरु गाबिसका सचिवहरु र जिल्लामा बस्ने नेताहरुको हालिमुहालि हुने गरेको र गाँउ घरमा बस्ने सोझासाझ जनताहरुले बिकास योजना नपाउने अव स्थानिय निकायको चुनाब भयो भने जनताले टोकेका जनप्रतिनिधि हुन्छ, जनताको दुख बुझछन, सबै क्षेत्रको बिकास हुने खत्याड गाउँ पालिकाका  खमाले गाँउ बस्ने नसजित बि.कले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु