चैत ५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह् गाईलाई नै स्थापित गराएको छ । 

सो पार्टीभत्र लामो समयदेखि चुनाव चिन्ह् गाई कि हलो भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह् गाईलाई नै स्थापित गराएको छ । 

सो पार्टीभत्र लामो समयदेखि चुनाव चिन्ह् गाई कि हलो भ"/>

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयोगको यो निर्णयले चुनावको वातावरण धमिलिन्छ: थापा

२०७३, ५ चैत्र शनिबार १०:५६

चैत ५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह् गाईलाई नै स्थापित गराएको छ । 

सो पार्टीभत्र लामो समयदेखि चुनाव चिन्ह् गाई कि हलो भन्ने विवाद घनिभूत रुपमा चल्दै आएको थियो । शुक्रबार आयोजित चुनाव चिन्ह् सार्वजनिकरण समारोहमा पार्टी अध्यक्ष कमल थापाले पार्टीले लिएको हिन्दू राष्ट्रको सिद्धान्त र गाईसँगको भावनात्मक सम्बन्धका कारण सो चिन्ह् छनोट गरिएको बताउँदै सोही चिन्ह्मार्फत जनताको विश्वास जितेर पार्टीका सिद्धान्त स्थापना गरिने बताए । 

कानुनको अधिनमा रही राजनीतिक दल गठन तथा फरक विचारधारालाई विभिन्न कार्यक्रमका रुपमा प्रचार गर्ने, जनतासमक्ष लैजाने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले भने- “पार्टीको वैचारिक सैद्धान्तिक मान्यतालाई प्रभावित बनाउने गरी निर्वाचन आयोगले पार्टीको विधानबाट ‘संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र’ खारेज गर्ने निर्णय गरेको छ, यो सञ्चाइनुपर्छ ।” 

उपप्रधान एव्म सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहेएका अध्यक्ष थापाले भने–“निर्वाचन आयोगको यो निर्णयले आगामी स्थानीय चुनावको वातावरण धमिलिनसक्छ, पार्टीको मूलभूत मान्यतालाई नै निषेध गर्ने उक्त निर्णय राप्रपा स्विकार गर्दैन ।” 

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी कुनै पनि संस्थाले निर्णय गर्ननसक्ने बताउँदै निर्वाचन आयोगलाई निर्णय सञ्चाउन आग्रह गरे । 

पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले संविधानका कतिपय व्यवस्थामा फरक मत राखेको भए तापनि नेपालको संविधान र प्रचलित कानुनको पालना र कार्यान्वनमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो