चैत ५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह् गाईलाई नै स्थापित गराएको छ । 

सो पार्टीभत्र लामो समयदेखि चुनाव चिन्ह् गाई कि हलो भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह् गाईलाई नै स्थापित गराएको छ । 

सो पार्टीभत्र लामो समयदेखि चुनाव चिन्ह् गाई कि हलो भ"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयोगको यो निर्णयले चुनावको वातावरण धमिलिन्छ: थापा

५ चैत्र २०७३, शनिबार १०:५६

चैत ५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह् गाईलाई नै स्थापित गराएको छ । 

सो पार्टीभत्र लामो समयदेखि चुनाव चिन्ह् गाई कि हलो भन्ने विवाद घनिभूत रुपमा चल्दै आएको थियो । शुक्रबार आयोजित चुनाव चिन्ह् सार्वजनिकरण समारोहमा पार्टी अध्यक्ष कमल थापाले पार्टीले लिएको हिन्दू राष्ट्रको सिद्धान्त र गाईसँगको भावनात्मक सम्बन्धका कारण सो चिन्ह् छनोट गरिएको बताउँदै सोही चिन्ह्मार्फत जनताको विश्वास जितेर पार्टीका सिद्धान्त स्थापना गरिने बताए । 

कानुनको अधिनमा रही राजनीतिक दल गठन तथा फरक विचारधारालाई विभिन्न कार्यक्रमका रुपमा प्रचार गर्ने, जनतासमक्ष लैजाने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले भने- “पार्टीको वैचारिक सैद्धान्तिक मान्यतालाई प्रभावित बनाउने गरी निर्वाचन आयोगले पार्टीको विधानबाट ‘संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र’ खारेज गर्ने निर्णय गरेको छ, यो सञ्चाइनुपर्छ ।” 

उपप्रधान एव्म सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहेएका अध्यक्ष थापाले भने–“निर्वाचन आयोगको यो निर्णयले आगामी स्थानीय चुनावको वातावरण धमिलिनसक्छ, पार्टीको मूलभूत मान्यतालाई नै निषेध गर्ने उक्त निर्णय राप्रपा स्विकार गर्दैन ।” 

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी कुनै पनि संस्थाले निर्णय गर्ननसक्ने बताउँदै निर्वाचन आयोगलाई निर्णय सञ्चाउन आग्रह गरे । 

पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले संविधानका कतिपय व्यवस्थामा फरक मत राखेको भए तापनि नेपालको संविधान र प्रचलित कानुनको पालना र कार्यान्वनमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…