२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नेपाली कांग्रेस मैदानको वृहत भेला सम्पन्न

५ चैत्र २०७३, शनिबार १६:०२

चैत ५, अर्घाखाँची । नेपाली कांग्रेस साविक मैदान गाविस हाल पाणिनी गाउँपालीका वडा नम्बर ५ मा पार्टी सुदृणीकरण, भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीको आयोजना तथा मैदान गाउँ कार्य समितीको आव्हानमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला सदस्य इन्सु मियाँ, विशिष्ट अतिथीहरु जिल्ला उपसभापती शान्ता भण्डारी, जिल्ला सदस्य रामप्रसाद घिमिरे, पुर्व जिल्ला उपसभापती श्यामनाथ काश्यप लगाएतले मन्तव्य राख्दै जसले चारतारे झण्डा बोकेर रुखको चिन्ह लिएर उम्मेदवारको टिकट लिएर आउँदा कसैले पनी आफनो संगठनको हित विपरित कार्य गर्न नहुने बताएका थिए । जो सुकैले टिकट ल्याएतापनी चुनावको प्रचारप्रसारमा सवै लागीपर्ने बताएका थिए । 

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी युवानेता इन्द्रमणि पौडेलले पाणिनी गाउँपालिकामा नेपाली कांग्रेसलाई विजयी बनाउन सवै लागिपर्नुपर्ने बताउदै जोसुकै उम्मेदवार भएतापनी कांग्रेसलाई विजयी बनाउन लाग्नुपर्ने बताउनुभयो । 

पौडेलले अहिलेको समय र युगअनुसार जनताको चाहाना अनुसार युवामा नेतृत्व आउनुपर्ने बताउनुभयो । आफु पाणिनी गाउँपालीकाको अध्यक्षका लागी योग्य उम्मेदवार रहेको समेत बताउनुभयो । नेपाली कांग्रेसले देशको सवै आन्दोलनमा महत्वपुर्र्ण भुमिका खेलेको, २०७२ सालको संविधान कांग्रेसले ल्याएको हुदाँ कांग्रेसले ल्याएको संविधान अनुसार स्थानिय तहको चुनाव हुन लागेको पौडेलले बताउनुभयो । 

कार्यक्रममा जनताहरुले धारणा राख्दै विगतको चुनावमा मैदान गाविसमा नेपाली कांग्रेसले जित्दै आईरहेकोले अहिले पनी कांग्रेसको जित सुनिश्चत रहेको बताउदै बहुमतका साथ विजयी बनाउन सवै आ–आफनो तहबाट लागिपर्नुपर्ने बताए  । 

कार्यक्रममा नेपाली कांग्रेस मैदान गाउँ कार्य समिती, भातृसंगठनहरु, क्रियाशिल व्यक्तिहरु तथा कांग्रेस सँग शुभेच्छुक २०० जना जनताको सहभागिता रहेको थियो । कार्यक्रम नेपाली कांग्रेस मैदान गाउँ कार्य समितीका सभापती शालिकराम घिमिरेको अध्यक्षता, उपसभापती नेत्रप्रसाद गैरेको स्वागत र सचिव नारायण गैरेको सञ्चालनमा सम्पन्न भएको पत्रकार घनश्याम पौडेलले जानकारी दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…