चैत ५, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रिय महासचिव सन्त बहादुर नेपालीले अहिलेको सरकारले देशभक्त नागरिकहरुको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ५, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रिय महासचिव सन्त बहादुर नेपालीले अहिलेको सरकारले देशभक्त नागरिकहरुको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभएको "/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सरकारले नागरिकहरुको पक्षमा काम गर्न सकेन: नेता नेपाली

५ चैत्र २०७३, शनिबार १६:०८

चैत ५, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रिय महासचिव सन्त बहादुर नेपालीले अहिलेको सरकारले देशभक्त नागरिकहरुको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

महासचिव नेपालीले कन्चनपुर घटनामा नेपालको सिमा सुरक्षार्थ लड्दा साहदत प्राप्त गर्नुभएका गोविन्द गौतमको सवयात्रामा सरकारको सहभागिता नहुनु,नेपालको राष्ट्रिय अखण्डता माथी भारतको ठाडो प्रहारका बिरुद्ध संघर्ष गर्दा नेपाली जनतालाई गिरफ्तार गर्नु जस्ता घटनाले सरकार देश र जनताको पक्षमा उभिन नसकेको पुष्टी भएको दाबी गर्नुभयो । 

जातिय समता समाजको केन्द्रिय समितिले संचालन गरेको समता सद्भाव अभियान अन्तरगत आज सन्धिखर्कको शान्ति बगैंचामा सम्पन्न भएको जनसभालाई संबोधन गर्दै नेपालीले यस्तो बताउनुभएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी.ले स्थानिय तहको चुनावको मिति घोषणा गरेपनि सरकारको गतिबिधिलाई हेर्दा तोकीएकै मितिमा चुनाब हुनेमा आशंका ब्यक्त गर्दै चुनाव गराउन सबैले दबाब दिनुपर्नेमा जोड दिनुभयो ।

यस्तै ने.क.पा.मसालका जिल्ला प्रवक्ता थम्मन के.सी.ले मन्तव्य राख्दै नेपालको हरेक मामलामा भारतको रवैया बढेको र देश र जनताको हितमा काम नगर्ने हात्तिपार्टी पनि उसैको रिर्मोटमा चलेकोले देश जोगाउनको निम्ती अब नेपाली जनताले हिजोको गल्ती दोहोराउन नहुने बताउनुभयो ।

जातिय समता समाज अर्घाखाँचीका अध्यक्ष राम बसु को अध्यक्षता,चेत बहादुर बि.क.को स्वागत मन्तव्य र प्रेम नेपालीको संचालनमा संपन्न भएको कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रिय महासचिव बाबुराम पन्थी, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल, अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष जिव नारायण खनाल, अखिल छैठौंका केन्द्रीय सदस्य गोपाल प्रसाद भट्टराई, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष कल्पना पोखे्रल र जातिय समता समाजका राप्ती लुम्बीनी क्षेत्रिय सदस्य राजेनद्र नेपालीले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रमको बिचबिचमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुद्धारा बिबिध जनवादी गित तथा नृत्य समेत प्रस्तुत गरिएको थियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…