चैत ५, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रिय महासचिव सन्त बहादुर नेपालीले अहिलेको सरकारले देशभक्त नागरिकहरुको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ५, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रिय महासचिव सन्त बहादुर नेपालीले अहिलेको सरकारले देशभक्त नागरिकहरुको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभएको "/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सरकारले नागरिकहरुको पक्षमा काम गर्न सकेन: नेता नेपाली

२०७३, ५ चैत्र शनिबार १६:०८

चैत ५, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रिय महासचिव सन्त बहादुर नेपालीले अहिलेको सरकारले देशभक्त नागरिकहरुको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

महासचिव नेपालीले कन्चनपुर घटनामा नेपालको सिमा सुरक्षार्थ लड्दा साहदत प्राप्त गर्नुभएका गोविन्द गौतमको सवयात्रामा सरकारको सहभागिता नहुनु,नेपालको राष्ट्रिय अखण्डता माथी भारतको ठाडो प्रहारका बिरुद्ध संघर्ष गर्दा नेपाली जनतालाई गिरफ्तार गर्नु जस्ता घटनाले सरकार देश र जनताको पक्षमा उभिन नसकेको पुष्टी भएको दाबी गर्नुभयो । 

जातिय समता समाजको केन्द्रिय समितिले संचालन गरेको समता सद्भाव अभियान अन्तरगत आज सन्धिखर्कको शान्ति बगैंचामा सम्पन्न भएको जनसभालाई संबोधन गर्दै नेपालीले यस्तो बताउनुभएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी.ले स्थानिय तहको चुनावको मिति घोषणा गरेपनि सरकारको गतिबिधिलाई हेर्दा तोकीएकै मितिमा चुनाब हुनेमा आशंका ब्यक्त गर्दै चुनाव गराउन सबैले दबाब दिनुपर्नेमा जोड दिनुभयो ।

यस्तै ने.क.पा.मसालका जिल्ला प्रवक्ता थम्मन के.सी.ले मन्तव्य राख्दै नेपालको हरेक मामलामा भारतको रवैया बढेको र देश र जनताको हितमा काम नगर्ने हात्तिपार्टी पनि उसैको रिर्मोटमा चलेकोले देश जोगाउनको निम्ती अब नेपाली जनताले हिजोको गल्ती दोहोराउन नहुने बताउनुभयो ।

जातिय समता समाज अर्घाखाँचीका अध्यक्ष राम बसु को अध्यक्षता,चेत बहादुर बि.क.को स्वागत मन्तव्य र प्रेम नेपालीको संचालनमा संपन्न भएको कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रिय महासचिव बाबुराम पन्थी, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल, अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष जिव नारायण खनाल, अखिल छैठौंका केन्द्रीय सदस्य गोपाल प्रसाद भट्टराई, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष कल्पना पोखे्रल र जातिय समता समाजका राप्ती लुम्बीनी क्षेत्रिय सदस्य राजेनद्र नेपालीले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रमको बिचबिचमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुद्धारा बिबिध जनवादी गित तथा नृत्य समेत प्रस्तुत गरिएको थियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते