५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका गाउँ गाउँमा बढ्दै चुनावी माहोल

६ चैत्र २०७३, आईतवार १२:४८

सलिम अन्सारी | चैत ६, प्युठान | सरकारले आगामी वैशाख ३१ गते स्थानीय निकायको निर्वाचनको मिति तोकेको छ।  चुनावको मिति  घोषणा भएसँगै प्युठान जिल्लाका राजनीतिक दललाई चुनावी रापले तताएको छ ।प्युठानमा क्रीयाशिल राजनितिक दलले यतिबेला स्थानिय नेतृत्व आफ्नो पक्षमा पार्न गाउँ केन्दीत कार्यक्रमलाइ तिब्रता दिएका छन।नेपाली कांग्रस, नेकपा एमाले माओबादी केन्द्र,राष्ट्रीय जनमोर्चा लगायतका दल उमेदवार छान्ने प्रक्रियामा छन् ।

उनिहरु स्थानिय नेतृत्व छान्न गाउँ केन्द्रीत भएका हुन।दुई दशकपछी हुन लागेको स्थानिय तहको निर्बाचनलाइ लक्षित गर्दै जनताको मन जित्ने नारा लिएर दलका नेता र कार्यकर्ताहरु गाउँ गाउमा घरदैलो,सभा र कार्यक्रम गर्न थालेका छन।

चुनाव लड्ने आकाङ्क्षा बोकेका कतिपय नेताहरु आफ्नो कार्यक्षेत्र गाउँ नै बनाएर खटिरहेका छन ।

जिल्लाका नेता, कार्यकर्ता अहिलेदेखि नै आ–आफ्नो पार्टीको एजेन्डा लिएर गाउँगाउँ र टोलटोलमा पस्न थालेका छन् भने स्थानीयबासी लामो प्रतिक्षापछि नेता भेट्न पाउँदा मख्ख परेका छन् ।

जिल्लाका सडक, चोक, गाउँ, सहर सबै स्थानमा अहिले स्थानीय तह निर्वाचनकै कुराले प्राथमिकता पाउन थालेको छ । नागरिकमा अहिले चुनाव होला कि नहोला भन्ने आशङ्का देखिए पनि कतैबाट खासै विरोधका कार्यक्रम र स्वर सुन्न नआएकाले पनि चुनाव हुनेमा चुनावका पक्षमा रहेका दलहरु ढुक्क देखिएका छन् ।

प्रमुख दलका नेताहरु स्वयम् गाउँ पस्न थाले पछि मतदाताहरुमा अवचाहि चुनाव होला कि भन्नेमा आशावादी छन् ।

त्यसैगरी, यसअघि शान्त झै देखिने जिल्ला निर्वाचन कार्यालयका कर्मचारी पनि आवश्यक साधन, स्रोत जुटाउन, दलसँग अन्तक्र्रिया गर्नलगायतका व्यवस्थापकीय काममा व्यस्त देखिन थालेको पाइन्छ ।

जिल्ला  निर्वाचन कार्यालय, प्युठानका सूचना अधिकृत बल बहादुर भण्डारीका अनुसार हालसम्म सङ्कलन गरिएको लगतअनुसार यस जिल्लामा १ लाख ३१ हजार ३ सय ३८ मतदाता रहेका छन् । कुल मतदातामध्ये ६८  हजार ८ सय १७ महिला र पुरुष ६२ हजार ५ सय २० रहेका छन् ।

सो कार्यालयका अनुसार, हालसम्म निर्वाचन प्रयोजनका लागि यहाँका ११ ओटा दलले सबै कानुनी प्रक्रिया पूरा गरी निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । मतदाता नामावली अद्यावधिक गर्न  प्रक्रिया समेत सकिएको सूचना अधिकृत भण्डारीले बताए।

नयाँ संरचना अनुसार  सरकारले  प्यूठानमा २ नगरपालिका र ७ वटा गाँऊपालिका सहित ९ वटा पालिका निर्धारण गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता