२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका गाउँ गाउँमा बढ्दै चुनावी माहोल

२०७३, ६ चैत्र आईतवार १२:४८

सलिम अन्सारी | चैत ६, प्युठान | सरकारले आगामी वैशाख ३१ गते स्थानीय निकायको निर्वाचनको मिति तोकेको छ।  चुनावको मिति  घोषणा भएसँगै प्युठान जिल्लाका राजनीतिक दललाई चुनावी रापले तताएको छ ।प्युठानमा क्रीयाशिल राजनितिक दलले यतिबेला स्थानिय नेतृत्व आफ्नो पक्षमा पार्न गाउँ केन्दीत कार्यक्रमलाइ तिब्रता दिएका छन।नेपाली कांग्रस, नेकपा एमाले माओबादी केन्द्र,राष्ट्रीय जनमोर्चा लगायतका दल उमेदवार छान्ने प्रक्रियामा छन् ।

उनिहरु स्थानिय नेतृत्व छान्न गाउँ केन्द्रीत भएका हुन।दुई दशकपछी हुन लागेको स्थानिय तहको निर्बाचनलाइ लक्षित गर्दै जनताको मन जित्ने नारा लिएर दलका नेता र कार्यकर्ताहरु गाउँ गाउमा घरदैलो,सभा र कार्यक्रम गर्न थालेका छन।

चुनाव लड्ने आकाङ्क्षा बोकेका कतिपय नेताहरु आफ्नो कार्यक्षेत्र गाउँ नै बनाएर खटिरहेका छन ।

जिल्लाका नेता, कार्यकर्ता अहिलेदेखि नै आ–आफ्नो पार्टीको एजेन्डा लिएर गाउँगाउँ र टोलटोलमा पस्न थालेका छन् भने स्थानीयबासी लामो प्रतिक्षापछि नेता भेट्न पाउँदा मख्ख परेका छन् ।

जिल्लाका सडक, चोक, गाउँ, सहर सबै स्थानमा अहिले स्थानीय तह निर्वाचनकै कुराले प्राथमिकता पाउन थालेको छ । नागरिकमा अहिले चुनाव होला कि नहोला भन्ने आशङ्का देखिए पनि कतैबाट खासै विरोधका कार्यक्रम र स्वर सुन्न नआएकाले पनि चुनाव हुनेमा चुनावका पक्षमा रहेका दलहरु ढुक्क देखिएका छन् ।

प्रमुख दलका नेताहरु स्वयम् गाउँ पस्न थाले पछि मतदाताहरुमा अवचाहि चुनाव होला कि भन्नेमा आशावादी छन् ।

त्यसैगरी, यसअघि शान्त झै देखिने जिल्ला निर्वाचन कार्यालयका कर्मचारी पनि आवश्यक साधन, स्रोत जुटाउन, दलसँग अन्तक्र्रिया गर्नलगायतका व्यवस्थापकीय काममा व्यस्त देखिन थालेको पाइन्छ ।

जिल्ला  निर्वाचन कार्यालय, प्युठानका सूचना अधिकृत बल बहादुर भण्डारीका अनुसार हालसम्म सङ्कलन गरिएको लगतअनुसार यस जिल्लामा १ लाख ३१ हजार ३ सय ३८ मतदाता रहेका छन् । कुल मतदातामध्ये ६८  हजार ८ सय १७ महिला र पुरुष ६२ हजार ५ सय २० रहेका छन् ।

सो कार्यालयका अनुसार, हालसम्म निर्वाचन प्रयोजनका लागि यहाँका ११ ओटा दलले सबै कानुनी प्रक्रिया पूरा गरी निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । मतदाता नामावली अद्यावधिक गर्न  प्रक्रिया समेत सकिएको सूचना अधिकृत भण्डारीले बताए।

नयाँ संरचना अनुसार  सरकारले  प्यूठानमा २ नगरपालिका र ७ वटा गाँऊपालिका सहित ९ वटा पालिका निर्धारण गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते