चैत ७, काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले स्थानीय तहको निर्वाचन रोक्नु पर्ने कुनै कारण नभएको बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले सोमब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ७, काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले स्थानीय तहको निर्वाचन रोक्नु पर्ने कुनै कारण नभएको बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले सोमब"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन रोक्नु पर्ने कुनै कारण छैन: रावल

७ चैत्र २०७३, सोमबार ११:०३

चैत ७, काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले स्थानीय तहको निर्वाचन रोक्नु पर्ने कुनै कारण नभएको बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले निर्धारित मितिमा नै निर्वाचन हुने विश्वास व्यक्त गर्दै कुनै एक राजनीतिक दलले निर्वाचनमा भाग नलिँदैमा निर्वाचन नरोकिने बताउनुभयो । 

“निर्वाचनमा भाग लिन नलिने त्यो पार्टीको इच्छाको कुरा हो,” उहाँले भन्नुभयो – “बीस वर्षदेखि हुन नसकेको निर्वाचनमा सहभागी हुन पाउने भएपछि जनता उत्साहित देखिएका छन् । त्यसैले जनतालाई अधिकार दिन तोकिएकै समयमा निर्वाचन गराउनुपर्छ ।” 

उहाँले निर्वाचनको मिति तल माथि भए सरकारले कुर्ची छाड्नुपर्ने वताउनुभयो । उहाँले सङ्घीयता चाहने दल संयुक्त मधेसी मोर्चाले नै सङ्घीयताको विरोध गरेको उल्लेख गदै भर्खर गठन भएको स्थानीय तहको कार्यालय तोडफोड गर्नु ठीक नभएको धारणा व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रीय सदस्य डा रामशरण महतले निर्वाचन र संविधान संशोधन सँगसँगै लैजानुपर्ने बताउनुभयो । उहाँले निर्वाचनमा मधेसी मोर्चालाई पनि सहमत गराएर लैजानुको विकल्प नभएको पनि बताउनुभयो । 

अहिले स्थानीय तहमा विवाद सिर्जना भए पुरानै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने उहाँको भनाइ थियो । 

“नयाँ संरचनामा जाँदा समस्या हुन्छ भने पुरानै संरचनामा गएर निर्वाचन गरौंं,” उहाँले भन्नुभयो – “पुरानो संरचनामा जाँदा मधेसवादी दलमा पनि आउँछन् ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…