२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रमा संसदीय दलको बैठक नियमित गर्न माग

८ चैत्र २०७३, मंगलवार ०७:२६

चैत ८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)मा सरकार गठनपछि पार्टी संसदीय दलको बैठक बस्न नसकेको जनाउँदै नियमित गर्न माग गरिएको छ । 

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा सहभागी सांसदले सरकार गठनपछि दलको बैठक नबसेको भनी आपत्ति जनाएका हुन् । 

बैठकमा पार्टी र स्थानीय तहको निर्वाचन र संसद् चालु अधिवेशनका विषयमा सातै प्रदेशका प्रदेश संयोजकले आआफ्ना धारणा राखेका थिए । संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले पार्टीभित्र देखिएका समस्या, चुनौती, साङ्गठनिक अवस्थाका बारेमा बैठकमा छलफल भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार पार्टी सरकारमा गएपछि दलको बैठक बस्न नसकेको प्रति सांसदहरुले विरोध गर्नुभएको थियो । पछिल्लो सरकार गठनपछि बसेको यो नै पहिलो बैठक हो । बैठक नियमित गर्न पनि उहाँहरुले माग गर्नुभएको छ । 

प्रमुख सचेतकका अनुसार प्रधानमन्त्री चीन जाने विषयमा पनि छलफल भएको थियो । दलको बैठक बिहीबार बिहान ८ बजे बस्ने गरी स्थगन भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…