चैत ८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, अहिंसा, करुणा, सद्भाव र मित्रताका आदर्श पुरुष भगवान् गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न आग्रह गर्नुभएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, अहिंसा, करुणा, सद्भाव र मित्रताका आदर्श पुरुष भगवान् गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न आग्रह गर्नुभएको छ ।"/>
२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतम बुद्धका आदर्शलाई आत्मसात् गरौँ: राष्ट्रपति

२०७३, ८ चैत्र मंगलवार ११:०२

चैत ८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, अहिंसा, करुणा, सद्भाव र मित्रताका आदर्श पुरुष भगवान् गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न आग्रह गर्नुभएको छ । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा आज आयोजित ४१औँ लामागुरु अध्ययन भ्रमणको राष्ट्रपति कार्यालय शीतलनिवासमा समापन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो – “ती आदर्श वचनलाई हरेक मानवले आफ्नो जीवनमा आत्मसात् गरी अगाडि बढेमा मात्र समाजमा शान्ति कायम गर्न बल पुग्छ र हिंसा हत्या अन्त्य हुन्छ ।” बुद्धका आदर्श र सन्देशलाई समाजमा थप स्थापित गर्न आवश्यक रहेकामा पनि उहाँले जोड दिनुभयो । 

उहाँले बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुजातीय देशको विविधतालाई सरकारले संरक्षण तथा प्रवद्र्धन गरिरहेको बताउँदै आगामी दिनमा यस क्षेत्रमा नयाँ कार्यक्रम ल्याउन सरकारसित आग्रहसमेत गर्नुभयो । राष्ट्रपति भण्डारीले केन्द्रीय गुम्बा स्थापना गर्न विकास समितिको बजेट थप गर्न आफूले पहल गर्ने जानकारीसमेत दिनुभएको थियो । 

सो अवसरमा राष्ट्रपति भण्डारीले अध्ययन भ्रमणका सहभागीलाई प्रमाणपत्र वितरणसमेत गर्नुभएको थियो । 

सो अवसरमा राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेलले बौद्ध दर्शन प्रवद्र्धन गर्न भ्रमण सफल रहेको बताउनुभयो । समितिका कार्यकारी निर्देशक नरेन्द्र गुरुङले केन्द्रीय गुम्बा स्थापना गर्न र समितिका कार्यक्रमलाई कार्यान्वयन गर्न थप बजेटको आवश्यकता रहेको बताउनुभयो । 

बुद्धधर्म र दर्शनका बारेमा अध्ययन गर्न समितिले हरेक वर्ष लामागुरु अध्ययन भ्रमणको संयोजन गर्दै आएको छ । विभिन्न ३० भन्दा बढी जिल्लाका लामागुरुले यस पटक नेपालसहित भारतका खासगरी दार्जिलिङ, गान्तोक र सिक्किमका विभिन्न गुम्बा अध्ययन गरेका थिए । 

नौदिनको अध्ययन अवधिको अन्तिम दिन राष्ट्रपतिद्वारा भ्रमणको समापन गर्ने परम्परा रहिआएको छ । विसं २०३६ मा सो विकास समिति स्थापना भएको थियो । 

समितिका दर्ता भएका करिब दुई हजार तीनसय गुम्बामध्ये २०७२ वैशाख १२ गतेको भूकम्पबाट एक हजार तीन सय १८ गुम्बामा क्षति पुगेको थियो । ती गुम्बाको पुनःनिर्माणमा बजेटको अभाव भएकोसमेत जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे