चैत ८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, अहिंसा, करुणा, सद्भाव र मित्रताका आदर्श पुरुष भगवान् गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न आग्रह गर्नुभएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, अहिंसा, करुणा, सद्भाव र मित्रताका आदर्श पुरुष भगवान् गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न आग्रह गर्नुभएको छ ।"/>
६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतम बुद्धका आदर्शलाई आत्मसात् गरौँ: राष्ट्रपति

८ चैत्र २०७३, मंगलवार ११:०२

चैत ८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, अहिंसा, करुणा, सद्भाव र मित्रताका आदर्श पुरुष भगवान् गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न आग्रह गर्नुभएको छ । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा आज आयोजित ४१औँ लामागुरु अध्ययन भ्रमणको राष्ट्रपति कार्यालय शीतलनिवासमा समापन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो – “ती आदर्श वचनलाई हरेक मानवले आफ्नो जीवनमा आत्मसात् गरी अगाडि बढेमा मात्र समाजमा शान्ति कायम गर्न बल पुग्छ र हिंसा हत्या अन्त्य हुन्छ ।” बुद्धका आदर्श र सन्देशलाई समाजमा थप स्थापित गर्न आवश्यक रहेकामा पनि उहाँले जोड दिनुभयो । 

उहाँले बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुजातीय देशको विविधतालाई सरकारले संरक्षण तथा प्रवद्र्धन गरिरहेको बताउँदै आगामी दिनमा यस क्षेत्रमा नयाँ कार्यक्रम ल्याउन सरकारसित आग्रहसमेत गर्नुभयो । राष्ट्रपति भण्डारीले केन्द्रीय गुम्बा स्थापना गर्न विकास समितिको बजेट थप गर्न आफूले पहल गर्ने जानकारीसमेत दिनुभएको थियो । 

सो अवसरमा राष्ट्रपति भण्डारीले अध्ययन भ्रमणका सहभागीलाई प्रमाणपत्र वितरणसमेत गर्नुभएको थियो । 

सो अवसरमा राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेलले बौद्ध दर्शन प्रवद्र्धन गर्न भ्रमण सफल रहेको बताउनुभयो । समितिका कार्यकारी निर्देशक नरेन्द्र गुरुङले केन्द्रीय गुम्बा स्थापना गर्न र समितिका कार्यक्रमलाई कार्यान्वयन गर्न थप बजेटको आवश्यकता रहेको बताउनुभयो । 

बुद्धधर्म र दर्शनका बारेमा अध्ययन गर्न समितिले हरेक वर्ष लामागुरु अध्ययन भ्रमणको संयोजन गर्दै आएको छ । विभिन्न ३० भन्दा बढी जिल्लाका लामागुरुले यस पटक नेपालसहित भारतका खासगरी दार्जिलिङ, गान्तोक र सिक्किमका विभिन्न गुम्बा अध्ययन गरेका थिए । 

नौदिनको अध्ययन अवधिको अन्तिम दिन राष्ट्रपतिद्वारा भ्रमणको समापन गर्ने परम्परा रहिआएको छ । विसं २०३६ मा सो विकास समिति स्थापना भएको थियो । 

समितिका दर्ता भएका करिब दुई हजार तीनसय गुम्बामध्ये २०७२ वैशाख १२ गतेको भूकम्पबाट एक हजार तीन सय १८ गुम्बामा क्षति पुगेको थियो । ती गुम्बाको पुनःनिर्माणमा बजेटको अभाव भएकोसमेत जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश