२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

युवासङ्घ बैतडीको अध्यक्षमा चन्द चयन

९ चैत्र २०७३, बुधबार ०६:२०

चैत ९, बैतडी । नयाँ नेतृत्व चयन गर्दै नेकपा (एमाले) निकट युवासङ्घ नेपाल बैतडीको आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । मङ्गलबार बेलुका बैतडीको पाटनमा सम्पन्न अधिवेशनले राजेन्द्रबहादुर चन्दको अध्यक्षतामा ५१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको हो । 

कमिटीको उपाध्यक्षमा दीपेन्द्र चांड, सचिवमा सूर्य बोहरा, सहसचिवमा दिलबहादुर धानुक (विकास) र कोषाध्यक्ष पुष्कर भण्डारी रहेका छन् । नयाँ कमिटीको कार्यकाल २ वर्षका लागि हुने बताइएको छ । 

साथै, युवासङ्घले युवाका हकहितका लागि लड्नुका साथै स्थानीय तहको निर्वाचनमा पनि परिचालन गरिने नेकपा (एमाले)का जिल्ला सचिव लीलाधर भट्टले जानकारी दिनुभयो । 

अधिवेशनमा नेकपा (एमाले)का केन्द्रीय सदस्य पुरनसिंह दयाल, पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी, पूर्वजिल्ला सभापति परमानन्द भट्ट, महिला नेता माया भट्टका साथै युवासङ्घका केन्द्रीय सदस्य गजेन्द्र शाही, महाकाली अञ्चल कमिटी अध्यक्ष देवेन्द्र कँुवर लगायतको उपस्थिति रहेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प