२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

युवासङ्घ बैतडीको अध्यक्षमा चन्द चयन

२०७३, ९ चैत्र बुधबार ०६:२०

चैत ९, बैतडी । नयाँ नेतृत्व चयन गर्दै नेकपा (एमाले) निकट युवासङ्घ नेपाल बैतडीको आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । मङ्गलबार बेलुका बैतडीको पाटनमा सम्पन्न अधिवेशनले राजेन्द्रबहादुर चन्दको अध्यक्षतामा ५१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको हो । 

कमिटीको उपाध्यक्षमा दीपेन्द्र चांड, सचिवमा सूर्य बोहरा, सहसचिवमा दिलबहादुर धानुक (विकास) र कोषाध्यक्ष पुष्कर भण्डारी रहेका छन् । नयाँ कमिटीको कार्यकाल २ वर्षका लागि हुने बताइएको छ । 

साथै, युवासङ्घले युवाका हकहितका लागि लड्नुका साथै स्थानीय तहको निर्वाचनमा पनि परिचालन गरिने नेकपा (एमाले)का जिल्ला सचिव लीलाधर भट्टले जानकारी दिनुभयो । 

अधिवेशनमा नेकपा (एमाले)का केन्द्रीय सदस्य पुरनसिंह दयाल, पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी, पूर्वजिल्ला सभापति परमानन्द भट्ट, महिला नेता माया भट्टका साथै युवासङ्घका केन्द्रीय सदस्य गजेन्द्र शाही, महाकाली अञ्चल कमिटी अध्यक्ष देवेन्द्र कँुवर लगायतको उपस्थिति रहेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे