चैत ९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले मधेशी मोर्चाले चुनावमा भाग लिने प्रतिबद्धता जनाए आफूहरु सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले मधेशी मोर्चाले चुनावमा भाग लिने प्रतिबद्धता जनाए आफूहरु सं"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिमांकन बाहेकका विषयमा एमालेले समर्थन गर्छ: महासेठ

९ चैत्र २०७३, बुधबार १०:०१

चैत ९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले मधेशी मोर्चाले चुनावमा भाग लिने प्रतिबद्धता जनाए आफूहरु संविधान संशोधन प्रस्तावमा लचक हुन सक्ने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महासेठले मधेशी मोर्चापनि चुनावमा आउनुपर्ने बताउँदै भने,‘उहाँहरुपनि चुनावमा आउनुपर्छ, भोलि यो पार्टीको कारण हामी चुनावमा जान पाएनौं भनेर पछुताउने काम नहोस्, बेलैमा विचार पुर्याउनुहोस् ।’

उनले अघि भने,‘मधेशी मोर्चाले पहिलो संविधान संशोधनमा पनि दुई वटा विषय पारित भए हामी मान्छौं भन्नुभयो, दुईवटा विषय पारित हुँदापनि उहाँहरुले पछि फेरि अर्को बखेडा झिक्नुभयो ।’ यद्धपी उनले यसपटक संविधान संशोधन प्रस्तावमा उल्लेख गरिएका चार वटा विषयहरुमध्ये प्रदेशको सिमांकनको बारेमा प्रमुख तीन दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रवीच समान धारणा रहेको स्पष्ट पारे ।

महासेठले मधेशी मोर्चाका नेताहरुले चुनाव नचाहेपनि जनताले चुनाव चाहेको स्पष्ट पारे । उनले भने,‘मधेशी मोर्चाभित्रपनि अनिल झाजीजस्ता थुप्रै नेताहरु चुनावको पक्षमा हुनुहुन्छ, तर के गर्नु उहा त केवल विद्यार्थी मात्रै हो, हेडमास्टरले भनेको कुरा मान्नैपर्यो, नमानेपछि फेरि अप्ठ्यारो पर्छ।’ उनले मधेशी मोर्चाका नेताहरुलाई नितान्त नेपाली भएर नेपालको समस्याबारे सोच्न समेत आग्रह गरे । महासेठले थपे,‘मधेश बिग्रियो भने नेपाल नै बिग्रिन्छ ।’

उनले मोर्चाका नेताहरु भारतीय नेताहरुबाट निर्देशित भएको समेत आरोप लगाए । उनले मोर्चाका नेताहरुप्रति टिप्पणी गर्दै भने,‘आन्दोलन गर्ने हो भने नेपालमा गर्नुहोस्, प्रतिष्पर्धा गर्नुहोस, हामी यहाँ आफ्ना कुरा राखेर जनतामा जाऔं न, किन दिल्ली, युपी र विहारमा गएर क्लास लिनुहुन्छ ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता