चैत ९, काठमाडौँ ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माननीय माधवकुमार नेपालले चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेका छन् । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ९, काठमाडौँ ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माननीय माधवकुमार नेपालले चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेका छन् । 
"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माधव नेपालद्वारा चन्द्रागिरि हिल्सको भ्रमण

९ चैत्र २०७३, बुधबार ११:२०


चैत ९, काठमाडौँ ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माननीय माधवकुमार नेपालले चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेका छन् । 

 सो अवसरमा नेपालले काठमाडौं उपत्यकाको ऐतिहासिक र अत्यन्त रमणीय स्थल चन्द्रागिरिमा निर्माण गरिएको चन्द्रागिरि केबलकारले देशको पर्यटन प्रवद्र्धन र आय आर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने यथार्थ झनै प्रष्ट हुँदै गएको बताए । 

त्यस्तै बंगलादेश संसद्का सभामुख माननीय डा. शीरिन शर्मिन चौधरीले पनि आजै चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेका छन् । भ्रमणका क्रममा चन्द्रागिरि पर्वतबाट देखिएको दृश्यले आफु प्रभावित भएको भन्दै बंगलादेश सरकार तथा जनताको तर्फबाट शुभकामना व्यक्त गरे । 

छिमेकी मित्र राष्ट्र चीनको बेईजिङ्गबाट आएका धर्म गुरु लि चीएले पनि आजै चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै चीएले २५५१ मिटरको अग्लो यस पर्वतबाट राजधानी काठमाडौं लगायत उच्च हिमशृंखलाको दर्शन गर्न पाउनु आफ्नो लागि भाग्यको कुरा भएको बताए । 

भ्रमणमा रहेको टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल एवम् महाप्रवन्धक अभिषेकविक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत अवलोकन गराएका थिए ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता