२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

आगामी स्थानिय निकायको चुनाबमा गोरखाबाट १ लाख ७१ हजार ४२ जनाले मतदान गर्ने

२०७३, १० चैत्र बिहीबार ०९:५२

गणेश पौडेल,चैत्र १० – गोरखा

गोरखा जिल्लाबाट आगामी २०७४ साल बैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा  १ लाख ७१ हजार ४२ जनाले मतदान गर्न पाउने भएका छन् । स्थानिय तह निर्वाचनको घोषणा भएको २०७३ साल फागुन ९ गते सम्म मतदाता नामावलीमा नाम दर्ता भएका गोरखाका १ लाख ७१ हजार ४२ जनाले निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । कार्यालयले नयाँ कायम भएका स्थानिय तह अनुसार मतदाताको विवरण पनि अद्यावधिक गरेको छ । जस अनुसार गोरखा नगरपालीकामा सबभन्दा धेरै २७ हजार ८ सय ५ मतदाता रहेका छन् । यस्तै पालुङटार नगरपालीकामा २६ हजार ५ सय ८७, भिमसेन गाउपालीकामा १५ हजार २ सय ८५, शहिद लखन गाउँपालीकामा १८ हजार ६ सय १४, सुलिकोट गाउपालीकामा १६ हजार १ सय ४२ र सिरान्चोक गाउपालीकामा १६ हजार २ सय ७७ मतदाता रहेका छन् । त्यस्तै गण्डकी गाउपालीकामा १३ हजार ६ सय ९२, आरुघाट गाउपालीकामा १४ हजार  ४ सय ७०, अजिरकोट गाउपालीकामा १३ हजार २ सय, धार्चे गाउपालीकामा ८ हजार ९ र सबैभन्दा थोरै चुमनुव्रि गाउपालीकामा ४ हजार १५ मतदाता रहेको जिल्ला निवार्चन कार्यालयका निर्वाचन अधिकारी राजेन्द« प्रसाद पोखरेलले जानकारी दिनुभयो । कार्यालयले मतदानस्थलको पुनरावलोकन गरि आयोगमा पठाएको पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार २ सय १३ मतदान स्थलको प्रस्ताव गरिएको छ । गोरखा जिल्लाबाट निर्वाचनमा १५ वटा राजनितिक दल सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते