चैत १०, काठमाडौं । तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले नेपाली कांग्रेसमा गुटबन्दी गर्ने नेता/कार्यकर्तालाई कारबाही गर्नुपर्ने बताएका छन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १०, काठमाडौं । तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले नेपाली कांग्रेसमा गुटबन्दी गर्ने नेता/कार्यकर्तालाई कारबाही गर्नुपर्ने बताएका छन् । 

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्थानीय निर्बाचनमा एमाले–माओवादीलाई हराइन्छ’

२०७३, १० चैत्र बिहीबार १२:२८


चैत १०, काठमाडौं । तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले नेपाली कांग्रेसमा गुटबन्दी गर्ने नेता/कार्यकर्तालाई कारबाही गर्नुपर्ने बताएका छन् । 

बिहीबार नेविसंघ कालिकोट–काठमाडौँ, सम्पर्क समितिले राजधानीस्थित संवाद डबलीर्मा स्थानीय निर्वाचनमा नेविसंघको भूमिका’ विषयक् कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “आगामी चुनाबमा नेपाली कांग्रेस कालिकोटलाई मात्र नभएर हामी युवाहरुले मातृ पार्टीलाई एक ढिक्का बनाएर जिताउन पहल गर्नु पर्छ,’ शाहीले भने । 

त्यसैगरी, उनले कालिकोट प्राकृतिक स्रोत र साधनको धनी भएकोमा गर्व गर्नसमेत आग्रह गरे । उनले भने, “सुन्दर र समृद्ध कालिकोटको अभियानलाई सबैले पहल गर्नु पर्छ । यसलाई नमूनायोग्य जिल्ला बनाउन सकिन्छ ।” 

महामन्त्री शाहीले आफू कर्णालीबासी भएकोमा गर्व गर्ने बताउँदै कर्णालीकोका प्रत्येक युवाले गरिबी र दरिद्रताको मानसिकता त्याग्नसमेत अपिल गरे । कर्णालीको स्रोत साधनलाई सदुपयोग गर्न सके राज्यलाई पाल्न सक्ने सम्भावना छ भन्दै यसलाई मूर्त रुप दिनका लागि सबैलाई हातेमालो गर्न आह्वान पनि गरे । कांग्रेस महासमिति सदस्य मोतीराज बमले नेविसंघको हालै सम्पन्न स्ववियुमा पाएको सफलताले आगामी चुनाबमा पनि राम्रो सम्भावना देखाएको तर्क गरे । 

महासमिति अर्का सदस्य नारायण भट्टराईले पार्टीलाई समयअनुसार परिवर्तनकारी बाटोमा लानुपर्ने धारणा व्यक्त गरे । जिल्ला कार्य समिति सहसचिब दमनबहादुर शाहीले निर्वाचानको लागि घनिभूत तयारी गर्न युवाहरुलाई गाउँ फर्कन आग्रह गरे । 

नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य जगतजंग विष्टले कांग्रेसको आन्तरिक कलह या गुटबन्दीको विषयमा चिन्ता गर्नुभन्दा पनि स्थानीय चुनावमा नजर लगाउनुपर्ने बताए । कार्यक्रममा जगतबहादुर विष्ट, नेविसंघ केन्द्रीय सदस्य अर्जुन बम, चन्द्रजंग मल्ल,जगतवंग विष्ट, राजेश्वर कमली, सम्पर्क समिति अध्यक्ष मेगराज विष्ट, उपाध्यक्ष विमलराज योगी, सचिब रमेश शाही, कोशाध्यक्ष जीवन सुबेदी र सहसचिव सरोज बोगटीले पनि आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह