५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

जनमोर्चाको मालारानी गाउँपालिकामा भेला तथा प्रशिक्षण

१० चैत्र २०७३, बिहीबार १२:५१

चैत १०, अर्घाखाँची । अक्टोबर क्रान्तिको शतबार्षिकी अभियानलाई लिएर गाउँ दौडाहामा निस्किएको राष्ट्रिय जनमोचालाई पनि चुनाबी माहोलले छोएको छ । 

आसन्न स्थानिय निर्बाचनलाई केन्द्रित गरेर राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले यतिबेला जिल्लाका बिभिन्न नगर र गाउँपालिकामा अगुवा कार्यकर्ता भेलालाई तिब्रता दिएको छ । जस अन्तरगत आज राष्ट्रिय जनमोर्चाले मालारानी गाउँपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम आज खनदहमा सम्पन्न गरेको छ । 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै राष्ट्रिय जनमोर्चा राप्ती–लुम्बिनी क्षेत्रीय उपाध्यक्ष शेर बहादुर बि.सी.ले देशको राष्ट्रियता र इतिहाँसकै कमजोर स्थितिमा पुग्दा पनि सरकार मुकदर्शक जस्तै बन्नु दुःखद भएको बताउँदै राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ती सबै पक्ष जिम्मेवार भएर संघर्ष गर्नुपर्ने बताउनुभयो । 

नेता बि.सी.ले देशको राष्ट्रिय राजनितिमा राष्ट्रिय जनमोर्चाले बोकेको नितिको आवश्यकता परेको भन्दै देश र जनताको हितको निम्ती आसन्न चुनाबमा राष्ट्रिय जनमोर्चालाई एक नयाँ शक्तिको रुपमा उभ्याउनुपर्ने बताउनुभयो ।यस्तै कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रिय महासचिब कृष्ण के.सी.ले आफुलाई हात्ति पार्टी सम्झिनेहरुले देशलाई सिक्कीमीकरण बनाउन लागेकोले अबका दिनमा राष्ट्रवादी शक्तिहरु एक जुट भएर काम नगर्ने तर भ्रम सिर्जना गर्नेहरुलाई ठेगान लगाउनुपर्ने बताउनुभयो । 

नरेन्द्र बहादुर थापाको अध्यक्षता,बिर बहादुर कुंवरको स्वागत मन्तव्य र राम कृष्ण घिमिरेको संचालनमा सम्पन्न भएको भेलाले नरेन्द्र बहादुर थापाको अध्यक्षतामा ४५ सदस्यिय राष्ट्रिय जनमोर्चा मालारानी गाउँपालिका समन्वय समितिको गठन गरेको छ ।

कार्यक्रममा अखिल नेपाल किसान संघका जिल्ला सचिव भिमलाल आचार्य र राष्ट्रिय जनमोर्चाका नेता जगं बहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता