५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले निर्माण गर्यो स्थानीय निर्वाचनमा उम्मेदवारको मापदण्ड

१० चैत्र २०७३, बिहीबार १३:२०


चैत १०, भक्तपुर । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको कार्यविधि तथा मापदण्ड तयार पार्दै सिङ्गो पार्टी निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको छ । 

बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा आज बसेको पार्टी स्थायी समितिको बैठकले एमालेले निर्वाचन अभियानलाई तीव्रता दिने निर्णय गरेको हो । 

पार्टीका सचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले आजको बैठकले एमालेले अब सिङ्गो पार्टी पङ्क्ति स्थानीय तहको निर्वाचनमा खटाउने निर्णय गरेको तथा गाउँ तहसम्म निर्वाचन परिचालन कमिटी तत्कालै गठन गरी निर्वाचन अभियानलाई तीव पार्ने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले प्रदेश नं २ मा चैतभर प्रदेशस्तरमा विस्तारित भेला, जिल्लास्तरमा कार्यकर्ता भेला र गाउँ नगरस्तरमा जनसभा आयोजना गर्ने निर्णय पनि गरेको छ । 

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने कार्यविधि एवम् मापदण्डसमेत तयार पारिएको छ । गाउँपालिका र नगरपालिकाका वडाको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटीले गर्ने छ । 

नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सम्बन्धमा भने कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने र उपमहानगरपालिका एवम् महानगरपालिकाको उम्मेदवारको टुङ्गो सम्बन्धित जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले तय गर्ने गरी कार्यविधि तयार गरिएको उहाँले बताउनुभयो । त्यसैगरी एमालेले पार्टीप्रति प्रतिबद्ध, लोकप्रिय, इमान्दार, अनुशासित र कुनै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएकालाई मात्रै उम्मेदवार बनाउने र उम्मेदवारी समावेशी बनाउने भएको छ । 

त्यस्तै सरकारले निर्वाचन आचारसंहिता विपरीत सरुवा, बढुवा, बजेट विनियोजन गर्नेजस्ता निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै बैठकमा आपत्ति पनि जनाइएको छ । बैठकले निर्वाचन आचारसंहिता पालना गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । 

पार्टीको मेची–महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै प्रदेश नं २ मा स्थगित अभियानलाई आगामी वैशाख १ गतेदेखि सुरु गरिने भएको छ । एमालेले पार्टीमा नयाँ प्रवेश गरेकालाई उचित जिम्मेवारी दिने निर्णय पनि गरेको छ । बैठकले निर्वाचनमा भाग लिन सबै राजनीतिक दललाई पुनःआह्वान गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता