२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा माले एमालेमा विलय,तरुणदलका कोषाध्यक्ष सहित दर्जनाै एमालेमा प्रवेश

११ चैत्र २०७३, शुक्रबार १५:३९

चैत्र ११,ओखलढुंगा । चैत १० गते विहान सात बजेदेखि नै एमाले जिल्ला कार्यालयमा नेता कार्यकर्ताहरुको भीड थियो । नेताहरु व्यस्त थिए । चैत ९ गते जिल्ला कमिटीको बैठक र यसले गरेका निर्णयबारे चासो राख्नेहरु पनि थिए । स्थानीय तहको निर्वाचनको मिति नजिकिएपछि नेता कार्यकर्ता कार्यालयमा भीड देखिनु स्वभाविक थियो । 

तर यो भीड बैठकपछिको नियमित मात्र नभइ नेताहरुमा उत्साह र जोस थपिएको देखिन्थ्यो । यसका दुई ओटा कारण थिए । पहिलो स्थानीय तह अनुसार पार्टी संगठनको पुनः संरचना र जिम्मेवारी तोकिएको थियो भने अर्को चाँही एमालेमा प्रवेश गर्ने जमातबाट नेताहरु उत्साहित थिए  । चैत ९ गते मात्रै नेकपा मालेको जिल्ला कमिटी एमालेमा एकिकरण हुादै समाहित भएको थियो । अञ्चल व्यूरोका सदस्य संञ्जय खत्रीसहित ९ जना जिल्ला नेताहरु एमालेमा समाहित भएका थिए । उनीहरुलाई उचित जिम्मेवारी दिइने एमाले अध्यक्ष मोहन श्रेष्ठले बताए ।

 

कति कार्यकर्ता प्रवेश गरे ?

खत्री जिल्ला कमिटीमा मनोनयन भइसकेका छन् । अघिल्लो दिनको उत्साहपूर्ण बैठकले आज अर्थात् १० गते बेलुका सम्म नै निरन्तरता पायो  । माले ९ गते  ९ जना नेताहरुसहित एमालेमा एकिकरण भयो । १० गते विहान ९ बजे काँग्रेका युवाहरु पुष्पलाल स्मृति भवनमा देखिए । उनीहरुलाई देख्दा धेरै एमालेजन अचम्ममा परेका थिए । तर उनीहरुलाई अघिल्लै दिनदेखि एमालेमा प्रवेश गराउन एमाले जिल्ला नेतृत्व क्रियाशील थियो ।  जिल्ला पार्टी कार्यालयमा विशेष कार्यक्रम गरेर एमाले केन्द्रिय सदस्य, जिल्ला ईञ्र्चाज तथा सांसद यज्ञराज सुनुवारले सदरमुकामका दर्जन युवाहरुलाई एमालेमा प्रवेश गराए ।


काँग्रेसको महत्वपूर्ण संगठन तरुण दलका कोषाध्यक्ष जिन्दल श्रेष्ठ सहितका दर्जन युवाहरु एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई युवा संघमा उपयुक्त जिम्मेवारी दिइने युवा संघका जिल्ला इञ्र्चाज रोशन शाक्यले बताए । सदरमुकाममा युवाहरु एमालेमा प्रवेश गरेपछि काँग्रेसमा भने खैलाबैला भएको छ । 


प्रवेशको कार्यक्रम दिनभरी नै चल्यो । साँझ चार बजे पोकलीका काँग्रेस नेता मानबहादुर तामाङको प्रवेश सम्म आइ पुग्दा एमालेमा एकिकरण र प्रवेशले  दुई दिनमा १०१ जना नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको  गरेको एमालेका प्रचार विभागका प्रमुख तीर्थ सुवेदीले बताए । १९ वर्षपछि हुन लागेको स्थानीइ तहको निर्वाचनका लागि गाउँ तथा नगर पालिकाको संंगठन निर्माणसँगै परिचालनका लागि कमाण्डर तोकेको छ । 

नवप्रवेशीप्रति कस्तो छ आम धारणा ?

पछिल्लो समय पार्टी प्रवेश एक फेसन जस्तो बनेको छ । जुनै पार्टी भए पनि प्रवेश गर्ने छवि जनमानसमा भने सकारात्मक छैन र विश्वास कम गर्ने चलन छ । ओखलढुंगामा प्रवेशको ‘राजनीतिक विजनेश’ पनि राम्रै चल्ने गर्छ । एसएमएस र घरैमै गएर खादा लगाइ प्रवेशको हल्ला गर्नेहरुबाट आम नागरिक भने आजित छन् । तर एमालेको प्रवेश कार्यक्रम भने तथ्य, जिम्मेवारी र आवश्यकतामा आधारित रहेको एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवारले बताए । एकिकरण जिल्लाको आवश्यकता र सदरमुकामका युवाहरुको प्रवेश एमाले बुझेर भएकाले अरुले गर्ने प्रचारजस्तो नभएको उनको बुझाइ छ । प्रवेश गरेकाहरुलाई जिम्मेवारी प्रशिक्षण सँगसँगै दिइने भएकाले वैचारिक कार्यकर्ता निर्माण हुने एमालेले जनाएको छ । सामाजिक संजालमा भने प्रवेशका समाचारप्रति कडा टिप्पणी हुने गर्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान