१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नयाँ शक्ति नेपालको ढोरपाटन नगरसमितिमा टेकबहादुर कुँवर

१२ चैत्र २०७३, शनिबार १३:२५

कृष्ण कँडेल/चैत १२, बागलुङ । नयाँ शक्ति नेपाल पार्टि ढोरपाटन नगरपालिकाको भेलाले टेकबहादुर कुँवरको संयोजकत्वमा नगर स्तरिय समित गठन गरेको छ । 

भेलाले पार्टिको ढोरपाटन नगरपालका स्तरिय ३६ सदस्यीय समिति गठन गरेको हो । भेलाले पार्टिका विभिन्न जनबर्गिय संगठनको समिति पनि गठन गरेको नयाँ शक्ति पार्टिले जनाएको छ । विद्यार्थी तर्फ रोशन कुँवर, महिला तर्फ तिलकुमारी कुँवर, दलित तर्फ गोपाल विश्वकर्मा र शिक्षक तर्फ झईन्द्रप्रसाद शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ । 

त्यस्तै युवा अभियान तर्फ भुमिराज महत, किसान तर्फ संकर कुँवर, कर्माचारी तर्फ चुडामणी भुषाल र कलाकार तर्फ थमप्रकाश गिरीलाई संयोजक बनाएको छ । भेलामा बोल्दै नयाँ शक्ति पार्टि नेपालका केन्द्रिय परिषद् सदस्य तथा बागलुङ जिल्ला संयोजक चित्र सापकोटाले मुलुकमा उद्यामशिलताको वातावरण नहुँदा दैनिक सयौँ युवा विदेशिनु परेको भन्दै राज्यले मुलुक समृद्धिको आधार तयार गर्नुपर्ने र युवाहरु उद्यमशिलता तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले राजनितिक स्थायित्व र तिब्र आर्थिक विकासका लागि प्रत्यक्ष निर्वाचित कार्याकारी शासन पद्धति अनिबार्य रहेको बताउनुभयो । सापकोटाले नयाँ शक्तिले पुर्ण बहुमत सहित ५ बर्ष राज्य सञ्चालन गर्ने अबसर पाए आर्थिक बिकासमा मुलकलाई अहिलेको अबस्थाबाट धेरै माथि लैजाने दाबि गर्नुभयो । 

उहाँले स्थानिय निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । कार्यक्रममा जिल्ला परिषद् सदस्य शंकर कुँवर, गोपाल विक, युवा अभियानका थमप्रकाश गिरी, विद्यार्थीबाट तिलकुमारी कुँवर र शिक्षकको तर्फबाट झईन्द्रप्रसाद शर्माले मन्तव्य राख्नुभएको थियो । भेला टेकबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का