दलसिंह गिरी/चैत १६, कालिकोट । नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुणदलका केन्द्रीय महामन्त्री भूपेन्द्रजंग शाहीले सुन्दर कालिकोटलाई ७ बर्षमा समृद्ध कालिकोट बनाउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/चैत १६, कालिकोट । नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुणदलका केन्द्रीय महामन्त्री भूपेन्द्रजंग शाहीले सुन्दर कालिकोटलाई ७ बर्षमा समृद्ध कालिकोट बनाउ"/>

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटलाई समृद्ध बनाउने महामन्त्री शाहीको अर्जुनदृष्टि

२०७३, १६ चैत्र बुधबार ०७:५५


दलसिंह गिरी/चैत १६, कालिकोट । नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुणदलका केन्द्रीय महामन्त्री भूपेन्द्रजंग शाहीले सुन्दर कालिकोटलाई ७ बर्षमा समृद्ध कालिकोट बनाउने अर्जुन दृष्टि लिएर सुन्दर कालिकोट समृद्ध कालिकोट अभियान अगाडी बढाएको बताउनु भएको छ । 

स्थानीय निकायको निर्वाचन सरगर्मी तातिरहेका बेला जिल्ला सदरमुकाम खाडाचक्रमा आयोजित नेपाल तरुणदलको जिल्ला भेलाको सम्बोधन गर्न आउनु भएका महामन्त्री शाहीले अबको विकास युवाहरुको काधमा रहेको बताउदै प्रक्रितिले दिएको सुन्दरताको उपयोग गरी अबको ७ बर्ष भित्र कालिकोटलाई समृद्ध बनाउन अभियान अगाडी बढाएको बताउनु भएको हो ।

कालिकोट भौगोलिक दृष्टिले अन्य जिल्लाहरु भन्दा केही फरक भएपनि सास्कृतिक, पर्यटकिय, जल, जंगल, जडिबुटी र बहुआयामिक हावापानीले भरिपूर्ण भएकाले यसको सहि सम्बर्धन र प्रबर्धन गरी अबको ७ बर्ष भित्र जिल्लालाई समृद्ध बनाउने ठोकुवा गर्नु भएको छ ।

 पत्रकारहरु संगको भेटघाटमा बोल्दै शाहीले यो अभियानलाई सार्थक तुल्याउन सम्पूर्ण कालिकोटवासी जनताले अब हुने स्थानीय निकायको निर्वाचनमा आफ्नो समाज रुपान्त्रणको लागि केही गरौं भन्ने भावना भएका नेतृत्वहरु चुनिदिन आग्रह गर्नु भएको छ । 

]सुन्दर कालिकोट र समृद्ध कालिकोट अभियानलाई सार्थक तुल्याउन स्थानीय निकायको प्रमुख भूमिका रहने भएकाले स्थानीय तहमा सहि नेतृत्व आउन सके समृद्ध कालिकोटका लागि आफुले अगाडी सारेका केही अर्जुनदृष्टिहरु कार्यान्वयनमा थप बल पुग्ने शाहीले बताउनु भएको छ ।

पार्टी संगठनको कार्यक्रम सफल पार्ने शिलशिलामा कालिकोट पुग्नु भएका शाहीले आफुले कुनै पाटीले यसोगर्यो उसोगर्यो भन्दै बेकारमा समय नखर्ची केवल जिल्लाको समृद्ध विकासका लागि केन्द्र देखी स्थानीय स्तर सम्म निरन्तर लागिरहेको बताउनु भएको छ । 

कालिकोटमै स्थायी घर भएका शाहीले कालिकोट विकासका लागि यातायात जलविद्युत स्वास्थ्य हुदै जनता आवास कार्यक्रम लगायतका थुर्पे कार्यक्रमहरु संचालन गर्न केन्द्रीय निकायमा पहल कदमीमा लागि रहेको बताउनु भएको छ ।

समृद्ध कालिकोटका लागि आफ्नो अर्जुन दृष्टि बताउदै शाहीले अबको ७ बर्षमा कालिकोटका सम्पूर्ण पर्यटकीय स्थलहरु जोड्ने हिमाली राजमार्गको विस्तार गर्ने, जिल्लामा रहेको कम्तिमा १० वटा ब्यापारीक केन्द्रहरुमा नमुना बजारको विस्तार गर्ने, हाल १ सय जनता आवास निर्माण कार्यक्रमलाई १ हजार जनता आवास निर्माण गर्ने, स्थानीय रैथानेवालीको प्रबर्धन तथा बजारीकरण गर्न उद्यमशिलमुखी सहकारीहरुको बिकास गरी युवाहरुलाई रोजारी श्रृजना गर्ने, जिल्लामा रहेको जलसम्पदाको प्रबर्धन गरी आयश्रोत बृद्धि गर्ने, पशुपालन, जडिबुटी, फलफुल जन्य खेती जस्ता विभिन्न आयमुलक श्रोत ब्यवस्थापन जस्ता अर्जुन दृष्टि रहेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह