२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निर्बाचन: मुगुमा दलका सम्भावित उम्मेदवार यस्ता छन् !

१७ चैत्र २०७३, बिहीबार ११:४४

दान बहादुर बुढा/चैत १७, मुगु । जिल्लामा स्थानीय तहको निर्बाचनमा का“ग्रेस एमाले नेकपा माओबादी केन्द्र र राप्रपाका सम्भावित उम्मेदवारहरु देखा पर्न थालेका छन् । 

जिल्लाको एक मात्र छाया“नाथ रारा नगरपालिकामा का“ग्रेस पार्टीबाट मेयरमा तिलकबहादुर मल्ल, हरिजंग शाही, ऐनबहादुर हमाल, जयबहादुर हितान, गजेन्द्र मल्ल,कर्ण बहादुर रावल र सिंह बहादुर मल्ल लगायत ब्यक्तिहरु  सम्भावित उम्मेदवारको रुपमा देखिएका छन् । 

कांग्रेस  पार्टीकै नगरपालिकामा उपमेयर पदमा सुर्यदेबि मल्ल, राज्यलक्ष्मी शाही, धनसिला मल्ल, जनकला मल्ल देखा परेका छन् ।भने चुनाबिय माहोमामा जिल्ला कार्यासमितिका सदस्य जिल्ला बाहिर भएका र २५ गते जिल्लाको खत्याड भेगमा बृहत कार्यक्रम हुदौछ तेस पछि मात्र कुन भेगमा को उमेदारहुने भनेर पार्टीले आधिकारीक उमेदारी घोषण गर्ने नेपाली काग्रेस पाटीका पार्टी सभापति खड्क बहादुर शाहीले बताएका छन ।

नेकपा एमालेबाट मेयर पदमा जितबहादुर मल्ल, डम्बर रावल र दानसिह परियार र डिल बहादुर मल्ल सम्भावित उम्मेदवारका आकांक्षी देखीए छन भने उपमेयरमा टोमा लामा, कुञ्जुमा बुढा, गोरीकला चौलागाई,राधिका मल्ल र कर्णशिला मल्ल सम्भावित उम्मेदवारमा अगाडी आएका छन ।

त्यस्तै नेकपा माओबादी केन्द्रबाट नगरपालिकामा मेयर पदमा केवल मल्ल, सन्तोष मल्ल, र सुरबहादुर बुढा सम्भावित उम्मेदवारको रुपमा चर्चामा छन् । राप्रपाका डिलबिक्रम मल्ल,दान बहादुर हितान र जनकबहादुर मल्लबाट मेयर पदमा उम्मेदवार हुने सम्भावित रहेको छ भने उप मेयरमा हाजिरा सावत,टिउका बढुवाल र लालसोभा बढुवाल देखिएका छन  । 

जिल्लाका अन्य तिन गाउपालिका मध्य सोरु गाउ“पालिकाको अध्यक्ष पदमा का“ग्रेस पार्टीको तर्फ बाट लोकबहादुर शाही देबिलाल मल्ल केशर शाही, दानबहादुर शाही र  सिह धामी सम्भावित उम्मेदबारका रुपमा नाम चर्चामा आएको छ । एमाले पार्टीबाट धर्मबहादुर शाही, अशोकलाल बुमी दलबहादुर शाही, जर्मन नेपाली,जनकबहादुर शाही र उपाध्यक्षमा नन्दालक्ष्मी मल्लको नाम चर्चामा छ । माओवादी केन्द्रबाट सोरु गाउपालिकाको अध्यक्षको उम्मेदवार पदमा पुरन शाही (आनन्द) र उपाध्यक्षमा विन्दु बुढा रहेका छन् । राप्रपा पार्टी बाट भक्तबहादुर शाही अध्यक्ष पदमा लडने भएका छन् । 

खत्याड गाउपालिकाको अध्यक्ष पदमा कांग्रेसबाट जन्मजय भण्डारी, लोकेन्द्र थापा, रतनबहादुर शाही, नवराज जैसी र उपाध्यक्षमा सरिता रोकाया सम्भावित उम्मेदवारका रुपमा देखा परेका छन् । एमाले पार्टी बाट अम्मराज शाही, हिरा टमटा, उब्जन शाही, राजबहादुर शाही, चन्दु बुढा अध्यक्ष पदको सम्भावित उम्मेदवारमा देखा परेका छन् । 

नेकपा माओबादी केन्द्रबाट राजु कार्की, मदन रोकाया र बिर्खबहादुर थापा(मानव (प्रकाश) को नाम चर्चामा छ । राप्रपाबाट पुरु दमाई,छविलाल कार्की र उपाध्यक्षका लागी पम्फानाथ योगी र जयलक्ष्मी मल्ल चर्चामा छन ।

उता मुगुम कार्मारोङ गाउपालिकाबाट अध्यक्षको लागि कांग्रेसबाट छिरिङक्याप्ने लामा र मेदकफुटिक लामा, एमालेबाट सोनाम छिरिङ लामा र पूर्णबहादुर रोकाया र नेकपा माओबादी केन्द्रबाट इटोल लामा सम्भावित रहेका छन भने राप्रपाले कार्माछोल्डिम लामा, नार्के लामा, पामा यान्गो लामा र पेमा लामा मध्यबाट अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार बनाउने सम्भावना देखिएको छ ।

स्थानीय तहको निर्बाचनको लागि वडा देखि नगरपालिका सम्म का“ग्रेस एमाले, माओबादी केन्द्र र राप्रपाले प्रचार प्रशार अभियानलाई तिब्र बनाउदै लिन थालेपछि चुनावी सरगर्मी बढेको छ । जिल्ला निर्बाचन कार्यालयले पनि स्थानीय तहको निर्बाचनको लागि गर्नु पर्ने कार्य तयारीमा जुटेका बताएको छ ।

राप्रपा नेपालका जिल्ला अध्क्षय राज बहादुर मल्लका अनुसार दुई दशक पछि हुन लागेको चुनाबको लागी प्रचार प्रचारमा पठाएको छु तर निवार्चन आयोगले हाम्रो पाटीलाई केही बिलाम लगाए पछि आन्दोलनमा हुमुए पनि सरकारले तेकेकै समयमा चुनाब हुनु पर्छ र आफ्नो पार्टी गाउपालीका तिर लागी सकेको समेत बताएका छन ।

उता निर्वाचन कार्यालयले पनि आफना चुनावी कार्यक्रमलाई तिव्र पारेको छ । साविकका ५५ मतदान केन्द्रलाई बढाएर ६० बनाएको छ । मतदान गर्दा बदर नहोस भनेर आगामी २५ गतेबाट वडा वडामा मतदाता शिक्षा दिन मतदाता शिक्षा सहजकर्ता निउक्तिका लागी प्रकृया अघि बढाई रहेको निर्वाचन कार्यालयका प्रमुख राज बहादुर शाहीले बताउनु भयो ।

मुगु जिल्लालाइ नयाँ संरचना अनुसार ३ गाँउपालिका १ नगरपालिका र ४५ वडामा विभाजन गरिएको छ । साविकमा ५५ मतदान केन्द्र रहेपनि हाल नयाँ संरचनामा चुनाव गर्नु पर्ने भएकाले मतदातालाई सहजताका लागी ६० मतदान केन्द्र बनाईएको र नयाँ संरचना अनसार मुगुमा खत्याड गाँउपालिकामा १७,मुगमकार्मारोङ्ग गाँउपालिकामा १०,सोरु गाँउपालिकामा १५ र छायाँनाथ रारा नगरपालिकामा १८ मतदान केन्द्र सिफारिस गरिएको निर्वाचन कार्यालयका सुचना अधिकारी राजीमान बुढाले बताउनु भयो । साथै स्थानिय तह निर्वाचनका लागी मुगुमा १६ दल दर्ता भएको र २९ हजार ९ सय २८ मतदान रहेको पनि सुचना अधिकारी बुढाले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य