२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

राष्ट्रिय जनमोर्चा द्धारा स्थानीय निर्वाचनका लागि आफ्ना कार्यक्रम सार्बजनिक

१७ चैत्र २०७३, बिहीबार १७:०८

दलसिंह गिरी | चैत्र १७, कालिकोट | राष्ट्रिय जनमोर्चा जिल्ला समिति कालीकोटका अध्यक्ष कटक बहादुर शाहीको अध्यक्षतामा बसेको ३ दिने बैठक विभिन्न निर्णयगरी आज सम्पन्न भएको छ । यहि चैत्र १५ गते देखि जिल्ला सदरमुकाम मान्ममा बसेको बैठकमा अब हुने स्थानीय निकायको निर्वाचनमा पार्टीले गर्ने गतिविधिहरुबारे निर्णय गर्दै आज सम्पन्न भएको हो ।

राष्टिय जनमोर्चा पार्टीले जिल्लामा थालेको अक्टोवर क्रान्तिको शतबार्षिकी गाउ अभियानको समिक्षा गर्दै नेपालको संविधान २०७३ लाई कार्यान्वायन गर्न २० बर्ष पछि संचालन हुन गैरहेको स्थानीय निकायको निर्वाचनमा आफ्ना गतिविधि अगाडी बढाउन विभिन्न उपसमिति समेत गठन गरेको छ । ३ दिने बैठकले जयकृष्ण संज्यालको संयोजकत्वमा ५१ सदसीय जिल्ला समन्वय समिति, देवजंग शाहीको संयोजकत्वमा ११ सदसीय निर्वाचन समिति, कटक शाहीको संयोजकत्वमा १५१ सदसीय निर्वाचन प्रचारप्रसार समिति मिनबहादुर शाहीको संयोजकत्वमा ३१ सदस्यीय आर्थिक व्यवस्थापन समिति गठन गरिएको जनमोर्चाले जनाएको छ । यसैगरी जिल्लाका ३ वटा नगरपालिका र ६ वटा गाउपालिकामा पनि स्थानीय तह निर्वाचन समन्वय समिति गठन गरिएको जनाईएको छ । खाडाचक्र नगरपालिका मान्ममा मनिराज पाण्डेको संयोजकत्वमा २१ सदसीय, रास्कोट नगर पालिकामा जंगदेव शाहीको संयोजकत्वमा ४१ सदस्यीय, तिलागुफा नगरपालिकामा धर्मदत्त पाण्डेको संयोजकत्वमा १५ सदसीय, पचालझरना गाउपालिकामा पम्फ सेजुवालको संयोजकत्वमा २१ सदसीय, सान्नीत्रिवेणी गाउपालिकामा दबल दर्जिको संयोजकत्वमा १९ सदसीय, नरहरीनाथगाउपालिकामा अर्जुन शाहीको संयोजकत्वमा २१ सदसीय, कालिका गाउपालिकामा शिवराज चौलागाईको संयोजकत्वमा ११ सदस्यीय, पलाता गाउपालिकामा रामबहादुर बुढाको संयोजकत्वमा १५ सदसीय निर्वाचन समन्वय समिति गठन गरिएको जनमोर्चाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ