२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

निर्वाचनले पाल्पाकागन्धर्व समुदायमा उत्साह

१९ चैत्र २०७३, शनिबार ०८:५१

चैत १९, पाल्पा । नयाँ संरचनाअनुसार आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनले पाल्पाका गन्धर्व समुदाय उत्साहित भएका छन् । 

राज्यका नीति निर्माण तहमा अतिन्यून सहभागिता रहेको यो समुदाय निर्वाचनपछि स्थानीय तहबाट आफ्नो समुदायको हितमा काम हुने आशा र विश्वासमा छ । करिब २० वर्षसम्म स्थानीय तहको निर्वाचन हुननसक्दा जनताका काम सोचे अनुसारको हुन नसकेको र पहँुचवालाले मात्र योजना पारेको र दलका नेताले आफू अनुकूलका योजना निर्माण गरी रकम खर्च गर्ने गुनासो बढेको बेला निर्वाचन नजिकिँदा महिला, दलित, जनजातिमा उत्साह ल्याएको हो । 

तानसेन नगरपालिका– ६ का दिनेश गन्धर्वले पहिलोपटक स्थानीय तहमा मतदान गर्ने अवसर पाउने हुनु भएपछि खुसी हुनुहुन्छ । उहाँ लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा कर्मचारीको भरमा मात्र स्थानीय निकायको नेतृत्वले न्यायोचित रुपमा विकासको लहर ल्याउन नसकेको र दलित समुदायको बजेट अन्यत्र खर्च भएकाले अब आफू नै वडाध्यक्ष बनेर समुदायको हितमा काम गर्ने सोचमा हुनुहुन्छ । 

तानसेन नगरपालिका– ६ का ५६ वर्षीय रामबहादुर गन्धर्वले यसपालिको निर्वाचनमा आफूले चिनेको राम्रो काम गर्नेसक्ने क्षमता भएको उम्मेदवारले मात्र मत पाउने बताउनुभयो । पटक÷पटक मतदान गरे पनि अहिले पार्टीको नेता भन्दा राम्रो काम गर्ने क्षमतावान मान्छेले मत पाउने छ । 

पाल्पा जिल्लाका– २ नगरपालिका र ८ गाउँपालिकामा ८१ वटा वडाबाट जनप्रतिनिधि निर्वाचन हुनेछन् । यसपालिको निर्वाचनमा दलित महिला एकजना, महिला एकजना, खुल्लामा दुईजना र एकजना वडाध्यक्ष दलहरुले उम्मेदवारी दिनुपर्ने बाध्यताको कारण पनि दलित महिलामा गन्धर्व समुदायको प्रतिनिधित्व हुने सम्भावना देखिएको छ । 

गन्धर्व समुदायका पुरुषको यसपालिको निर्वाचनले स्थानीय तहमा प्रतिनिधित्व चुनिने सम्भावना बढेको छ । २०६८ सालको जनगणनाअनुसार ९८ पुरुष र ९५ महिला गरी कुल पाल्पाको तानसेन नगरपालिकाभित्र एक सय ९३ जना र रिब्दीकोट गाउँपालिकाको भैरवस्थानस्थित ११ महिला र ११ पुरुष गाउँ र रम्भा गाउँपालिकाको ताहुमा आठ पुरुष र १९ महिला गन्धर्व समुदायको जनसङ्ख्या रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन