२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

काँग्रेसद्वारा वडाबाट उम्मेद्वार सिफारिस

२० चैत्र २०७३, आईतवार १३:०९

कृष्ण कँडेल/चैत २०, बागलुङ । नेपाली काँग्रेसले स्थानिय निर्वाचनमा बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर–७ को अध्यक्षमा पार्टि सभापति तेजेन्द्रबिक्रम कुँवरलाई उठाउने भएको छ । 

आज राजकुतमा भएको बर्तमान वडा समिति तथा साबिकको राजकुत गाउँ कार्यसमितिको बैठकले कुँवरलाई उम्मेद्वार बनाउने सर्बसम्मत निर्णय गरेको हो । चार जना वडा सदस्यको उम्मेद्वारी पनि टुङ्गिएको नेपाली काँग्रश बागलुङका जिल्ला कार्यसमिति सदस्य प्रकाश कुवरले जानकारी दिनुभयो । 

खुल्ला सदस्यमा वडा कार्यसमितिका उपसभापति लालबहादुर कुँवर र रुपेशप्रसाद श्रेष्ठ, खुल्ला महिला सदस्यमा सेरा गुरुङ र दलित महिला सदस्यमा  अमृता परियारलाई उम्मेद्वार बनाउने निर्णय भएको छ । 

पार्टिको वडा कार्यसमितिको सभापति तेजेन्द्र बिक्रम कुँवर र उपसभापति लालबहादुर कुँवर वडाको निर्वाचनमा उम्मेद्वार भएपछि सभापतिमा दिपक कँुवर दिपु र उपसभापतिमा गोमाकुमारी कुँवरलाई चयन गरिएको छ । 

यसअघि शानिबारकै बैठकले निसीखोला गाउँपालिका अध्यक्षका लागि वडाबाट जिल्ला सदस्य प्रकाश कुँवरको नाम सिफारिस गरिसकेको छ । बैठक तेजेन्द्र विक्रम कुँवरको अध्यक्षतामा भएको थियो । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ