२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

निर्वाचनको रणनीति बनाउँदै गोरखा काँग्रेस

२२ चैत्र २०७३, मंगलवार ११:२०

चैत २२, गोरखा । आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस गोरखाले रणनीति बनाएको छ । 

कार्यबाहक जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा सोमबार पार्टी कार्यालयमा बसेको बैठकले न्यौपानेको संयोजकत्वमा जिल्लास्थित निर्वाचन परिचालन समिति गठन गरेको छ । 

यस्तै, नेताहरु वेदप्रसाद काप्री, प्रेम खत्री, इमानसिं बस्नेत र जनार्दन अर्याल रहेको आर्थिक उपसमिति गठन भएको छ । काँग्रेसका नीति तथा कार्यक्रमबारेको घोषणापत्र तयार गर्न विश्वदेव श्रेष्ठको संयोजकत्वमा जिल्लास्तरीय घोषणा पत्र तयारी समिति गठन भएको छ । समितिमा आवश्यकता अनुसार सदस्यहरु पछि थप गर्ने काँग्रेसले जनाएको छ । 

निर्वाचनका लागि प्रचार समिति पनि गठन गरिएको छ । जिल्ला सदस्य नारायण लामिछाने नेतृत्वमा गठन भएको समितिमा बलराम खड्का र ललिता अधिकारी सदस्य छन् । बैठकले भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणमा अनुदान दिन ढिलाइ भइरहेको भन्दै छिटो अनुदान रकम दिन आग्रह गरेको छ । 

यस्तै, निजी अनुदान पाउनबाट वञ्चित रहेका, छुटेका वास्तविक भूकम्पपीडितलाई अनुदान दिने प्रक्रिया छिटो सुरु गर्न सरोकारवाला निकायलाई काँग्रेसले आग्रह गरेको कार्यबाहक सभापति न्यौपानेले जानकारी दिनुभयो । बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाधनीलाई उचित मुआब्जा दिन र पुनर्वासको टुङ्गो लगाउन काँग्रेसले आग्रह गरेको छ । 

आउँदो वैशाख ७ गते गोरखा, पालुङटार नगरपालिका र नौ गाउँपालिकासहित वडाहरुमा उम्मेदवार चयन गरिसक्ने काँग्रेसले जनाएको छ । वडा कार्यसमितिले छानेका उम्मेदवार क्षेत्र पठाउने र क्षेत्रीय कार्यसमितिले उपलब्ध गराएका उम्मेदवारको सूची जिल्ला कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पठाउने तयारी कांग्रेसको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ