२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा निर्वाचन अधिकृत तोकिए

२३ चैत्र २०७३, बुधबार ०४:५२

चैत २३, दमक | आसन्न स्थानीय तहको निर्वाचनका लागि झापाका १५ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिएका छन् । 

निर्वाचन आयोगले देशैभरि निर्वाचन अधिकृत परिचालन गरेसँगै झापाका आठ नगरपालिका र सात गााउँपालिकामा निर्वाचन अधिकृतको नाम तय गरेको हो । 

आयोगका अनुसार दमक नगरपालिकामा शान्ति मन्त्रालयका उपसचिव वेदराज फँुयाल, भद्रपुर नगरपालिकामा जिल्ला न्यायाधीश झापाका सुदर्शनप्रसाद पाण्डे, मेची नगरपालिकामा सर्वोच्च अदालतकी उपरजिष्ट्रार इन्दिरा शर्मा, गौरादह नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत सकुन्तला कार्की, शिवसतासी नगरपालिकामा पङ्कज भुर्तेललाई जिम्मेवारी दिइएको छ । 

यसैगरी, बिर्तामोड नगरपालिकामा इलाका प्रशासन कार्यालय दमकका उपसचिव भोजराज श्रेष्ठ, कन्काइ नगरपालिकामा उपसचिव रोशनकुमार भट्टराई, अर्जुनधारा नपामा राधाकृष्ण खतिवडा खटिएका छन् । 

यसैगरी, कमल गाउँपालिकामा प्रेमप्रसाद लुइँटेल, गौरीगञ्ज गाउँपालिकामा भीमप्रसाद तिवारी, बाह्रदशी गाउँपालिकामा बाबुराम राई, झापा गाउँपालिकामा रोशनशङ्कर घिमिरे, बुद्धशान्ति गाउँपालिकामा इन्द्रकमल प्रधान, हल्दिवारी गाउँपालिकामा पदमबहादुर कार्की र कचनकवल गाउँपालिकामा देवीबहादुर भण्डारीलाई जिम्मेवारी दिइएको आयोगले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ