2026-09-10 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

चुनावी गतिविधिलाई तीव्रता दिँदै इलामका राजनीतिक दल

चैत २३, इलाम । स्थानीय तहको निर्वाचन आउन करिब ३९ दिन मात्र बाँकी छँदा जिल्लामा राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिन थालेका छन् । 

ठूला तथा साना दलले नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायतका उम्मेदवार छनौटको तयारी गरिरहेका हुन् । 

चुनाव घोषणापछि जिल्लाका नेताहरूले कार्यकर्ता र मतदाता भेटघाटलाई बाक्लो बनाएका छन् । यहाँका अधिकांश राजनीतिक दल स्थानीय निकायको पुनःसंरचना अनुरूप दलको संरचना बनाउने गृहकार्यमा लागिपरेका छन् । नेपाली काँग्रेसले हालै जिल्ला सदरमुकाममा सम्पन्न गरेको तीन दिने प्रशिक्षणमा स्थानीय तह अन्तर्गत पार्टीको संरचना बनाउने तयारी थालेको जनाएको छ । 

स्थानीय तहअनुसार पार्टीको संरचना बनाएर चुनावी तयारीमा लागिसकेको काँग्रेसका जिल्ला सचिव खगेन्द्र देवानले बताउनुभयो । 

सचिव देवानले भन्नुभयो, “पार्टीको पुनःसंरचनापछि उम्मेदवारबारे निर्णय गरेर चुनावमा लाग्छौं, स्थानीय निकायको पुनःसंरचना ढिला आएकाले छिटो÷छिटो गरेर चुनावी तयारीलाई समेत तीव्रता दिएका छौँं ।” 

नेकपा (एमाले) ले पनि चुनावको तयारी ब्यापक रूपमा गरिरहेको जनाएको छ । राष्ट्रिय कार्यक्रम अन्तर्गत संविधान कार्यान्वयनका लागि जागरण अभियान गाउँ÷गाउँमा सञ्चालन गरेको सो दलले आफ्ना सबै मोर्चासँग बसेर छलफल गर्ने र मतदातासँगको सम्पर्क सहकार्यलाई बाक्लो बनाउँदै चुनावी वातावरण बनाउने काम गरिरहेको एमाले उपसचिव उमेश गुरूङले जानकारी दिनुभयो । “स्थानीय तहअनुसार पार्टी कमिटीको संरचना बनाउँदै चुनावी तयारीमा लागेको उहाँले बताउनुभयो ”। 

तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) ले पनि स्थानीय तह अनुसार पार्टी कमिटीलाई समायोजन गर्ने र उम्मेदवार छनौटको अन्तिम तयारी गरिरहेको जनाएको छ । प्रदेशको बैठकले नयाँ संरचनाअनुसार पार्टीका कमिटीलाई समायोजन गर्ने निर्णय भएकाले सोहीअनुसार काम गरिरहेको माओवादी केन्द्रका इन्चार्ज धीरेन्द्र शर्माले बताउनुभयो । 

नेताले कार्यकर्ता र मतदातासम्म पुगेर भेटघाटलाई बाक्लो बनाउँदै लगेका अब एक÷दुई दिनभित्रै उम्मेदवारको टुङ्गो लगाएर चुनावी कार्यक्रमलाई तीव्रता दिने उहाँले जानकारी दिनुभयो । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार इलाममा १७ वटा राजनीतिथक दलले दल दर्ता गराइसकेको जिल्ला निर्वाचनका कार्यालय प्रमुख प्रेम काफ्लेले बताउनुभयो । कार्यालयले मतदाता शिक्षा, निर्वाचन अधिकृतको कार्यालय, कर्मचारी व्यवस्थापनको कामसमेत तीव्र रूपमा भइरहेको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने