चैत २५, गोरखा । मनास्लु पदमार्गको थुमीको अर्मला र लापु गाउँ जोड्ने बाटो बन्द हुँदा स्थानीयवासी समस्यामा परेका छन् । 

बेनीघाट–आरुघाट–लार्के सड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २५, गोरखा । मनास्लु पदमार्गको थुमीको अर्मला र लापु गाउँ जोड्ने बाटो बन्द हुँदा स्थानीयवासी समस्यामा परेका छन् । 

बेनीघाट–आरुघाट–लार्के सड"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

पहरा फुटाउन सेनाद्वारा मनास्लु पदमार्ग अवरुद्ध

२५ चैत्र २०७३, शुक्रबार ०६:३६


चैत २५, गोरखा । मनास्लु पदमार्गको थुमीको अर्मला र लापु गाउँ जोड्ने बाटो बन्द हुँदा स्थानीयवासी समस्यामा परेका छन् । 

बेनीघाट–आरुघाट–लार्के सडकअन्तर्गत सोती–लापु बेँसीखण्डमा पर्ने पहरा फुटाउन सेनाले विस्फोटनको तयारी गरेपछि पदमार्गमा हिँडडुल गर्न रोक लगाइएको हो । लापुभीरको बाटो अवरुद्ध भएपछि उत्तरी गोरखाका विभिन्न गाउँ जान मान्वु हुँदै आवागमन गर्नुपर्ने भएको छ । 

सेनाले पदमार्गको विकल्पमा अर्को बाटो नदेखाइ सडकको ट्र्याक खन्न भिरको पहरा फुटाउन विस्फोटनको तयारी गरेकाले मानिस तथा सामग्री बोक्ने खच्चड आवागमनमा गत सोमबारदेखि बन्द गरेकाले स्थानीयवासी रुष्ट भएकाछन् । 

सडक निर्माण कार्यदलका संयोजक नेपाली सेनाका निशान्त क्षेत्रीले एकपाइले भिरको पहरो फुटाउन विस्फोटनको तयारी गर्दै आएको बताउनुभयो । 

उत्तरी भेगमा सडक सुविधा पुगेको छैन । दिनहुँ एक हजार ५०० वटा खच्चडले चुम तथा न्रुवीमा खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्दै आएका छन् । मनास्लु पदमार्गको विकल्पमा मान्वु हुँदै आवागमन गर्ने बाटो साँघुरो हुँदा पदयात्रा र खच्चड हिँडाउन समस्या भएको स्थानीय हर्कबहादुर गुरुङले जानकारी दिनुभयो । 

मनास्लु पदमार्ग भएर उत्तरी भेगका १४ वटा गाउँ पुग्न सकिन्छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अवरुद्ध पदमार्गको विकल्पमा मान्वुको बाटो सञ्चालन गरिएको भन्दै खच्चड हिँड्न सक्ने गरी बाटो र पुल फराकिलो बनाउन प्राविधिक अध्ययन भइरहेको जानकारी दिनुभयो । 

मनास्लु पदमार्ग आसपास हुँदै उत्तरी भेगसम्म पुग्ने सडकको नयाँ ट्र्याक खन्ने काम नेपाली सेनाले अघि बढाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ