२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निर्वाचनमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको माग

२५ चैत्र २०७३, शुक्रबार ०७:५७

चैत २५, सिन्धुली । अगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । दलहरु निर्वाचनको तयारीमा होमिएका छन् । तर महिला प्रतिनिधित्वका सवालमा भने खासै चर्चा भएको पाइएको छैन । 

नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घ जिल्ला कार्यसमितिले स्थानीय निकायको निर्वाचनमा प्रमुख पदका लागि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने माग राखेको छ । 

महिला सङ्घले पार्टीको जिल्ला कार्यसमितिलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख पदमा ३३ प्रतिशत महिलालाई निर्वाचनमा अनिवार्य टिकट दिनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको महिला सङ्घका जिल्ला अध्यक्ष गङ्गा दाहालले बताउनुभयो । स्थानीय तहमा महिला सहभागिता बढाउनका लागि वडामा दुईजना सदस्य र स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था गरेको छ । 

गाउँपालिका तथा नगरपालिकाका वडामा उम्मेदवारी दिँदा अध्यक्ष पदमा एक तिहाइ महिला अनिवार्य हुनुपर्नेलगायत आठ बुँदे माग राखेको अध्यक्ष दाहालले बताउनुभयो । नगरपालिकामा नगर प्रमुख र उपप्रमुख मध्ये अनिवार्य एक पदमा महिला हुनुपर्ने भए पनि काँग्रेसले कम्तीमा ३३ प्रतिशत नगर प्रमुखमा महिला उम्मेदवार बनाउनुपर्ने माग राखेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ