२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा १६ निर्वाचन अधिकृत तोकिए (सुचिसहित)

२५ चैत्र २०७३, शुक्रबार ०९:३९

चैत २५, विराटनगर । स्थानीय तहको निर्वाचनका लागि मोरङमा निर्वाचन अधिकृत तोकिने कार्य सम्पन्न भएको छ । 

मोरङमा एक उपमहानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिकाका लागि एक जना मुख्य निर्वाचन अधिकृत र १६ जना निर्वाचन अधिकृत तोकिएको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । 

पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरकाअनुसार मोरङका जिल्ला न्यायाधीश विनोदकुमार पोखरेललाई मुख्य निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको छ । उहाँ विराटनगर उपमहानगरपालिकाको निर्वाचन अधिकृतसमेत हुनुहुन्छ । 

त्यस्तै, नगरपालिकामा बेलबारीका लागि रङ्गेली नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मीप्रसाद रेग्मी, लेटाङका लागि सहायक प्रजिअ शेषनारायण पौडेल, पथरी–शनिश्चरेका लागि टोखा नगरपालिका काठमाडौँका कार्यकारी अधिकृत नवराज ढुङ्गाना, रङ्गेलीका लागि जिल्ला न्यायाधिवक्ता नवराज ढुङ्गाना र रतुवामाइका लागि सहायक प्रजिअ ओमकुमार बस्नेतलाई निर्वाचन अधिकृतको रुपमा तोकिएको छ । 

यसैगरी सुनवर्षिका लागि सोही नगरपालिकाका कार्यकारी अधिकृत तीर्थराज राई, उर्लाबारीका लागि सोही नगरपालिकाका कार्यकारी अधिकृत अम्बिकाप्रसाद चौलागाईं र सुन्दर–हरैचाका लागि सोही नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त न्यौपानेलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । 

कार्यालयकाअनुसार, मोरङका आठवटा गाउँपालिकाका लागि पनि निर्वाचन अधिकृत नियुक्त गरिएको छ । 

यसरी नियुक्त हुनेमा बुढीगङ्गाका लागि पथरी–शनिश्चरे नगरपालिकाका कार्यकारी अधिकृत कुमारप्रसाद कोइराला, धनपाल थानका लागि ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विभागको उपसचिव रोशनी श्रेष्ठ, ग्रामथानका लागि सर्वोच्च अदालतका इजलास अधिकृत महेन्द्रप्रसाद भट्टराई, जहदाका लागि इलाका प्रशासन कार्यालय उर्लाबारीका उपसचिव पुरुषोत्तम घिमिरे, कानेपोखरीका लागि उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता देवेन्द्रराज आचार्यलाई तोकिएको छ । 

यस्तै, अन्य गाउँपालिकामा कटहरिका लागि भूमिसुधार कार्यालय मोरङका उपसचिव नरेन्द्र पौडेल, केराबारीका लागि मालपोत कार्यालय मोरङका उपसचिव खसदेव चूडाल र मिक्लाजुङका लागि उच्च सरकारी वकिल कार्यालय विराटनगरका उपसचिव हिमालयकुमार त्रिताललाई तोकिएको हो । 

पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख भक्तबहादुर भट्टराईले सार्वजनिक भएका निर्वाचन अधिकृतमा सम्भवतः हेरफेर नहुने बताउनुभयो । वैशाख ३ गते विराटनगरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालन हुनेछ र अन्य कार्यालय वैशाख १२ गतेदेखि सञ्चालनमा आउने उहाँले जानकारी गराउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य